शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्यसो भए यी नायकको प्रेममा छिन् ४६ वर्षे नायिका पूजा बत्रा, तस्बिरले खोल्यो राज

बुधबार, ०४ असार २०७६, ०९ : ४३
बुधबार, ०४ असार २०७६

पूर्व मिस इन्डिया इन्टरनेशनल एवं नायिका पुजा वत्रा एकपटक पुन? चर्चामा छिन् । उनी यसपटक आफ्नो अफेयरका कारण चर्चामा छिन् । वास्तवमा, ४६ वर्षकी पूजा आजकाल सलमान खानको फिल्म टाइगर जिन्दा हेका को–स्टार नवाब शाहसँगको प्रेममा छिन् ।

पूजा बत्राको प्रेमको खुलासा नवाब शाहको सोसल मिडिया अकाउन्टबाट भएको हो । फिल्मी दुनियाँका चर्चित नवाब शाहले सोसल मिडियामा पूजासँगको एउटा रोमान्टिक तस्बिर सेयर गरेका छन् ।

नवाब शाहको इन्स्टाग्राम अकाउन्टमा हेर्ने हो भने यी दुईको प्रेम झल्काउने यो पहिलो फोटो होइन । यसअघि पनि उनले अनुहार नदेखाइएका यस्ता थुप्रै फोटो रोखेका छन् जसमा उनले प्रेम व्यक्त गरेका छन् ।

पूजा बत्राले सन् १९९३ मा मिस इन्डिया इन्टरनेशनलको उपाधि जितेकी थिइन् । अनिल कपुरको फिल्म ‘विरासत’ बाट पूजा बत्राले बलिउडमा डेब्यस् गरेकी थिइन् । पूजाले बलिउडमा खासै चर्चा बटुल्न सकिनन् ।

सन् २०१४ मा पूजा बत्राले लस एन्जेलिसमा ‘मेरो संगीत’ नामबाट एउटा नयाँ बलिउड रेडियो स्टेशन सुरु गरेकी थिइन् । सन् २००२ मा डाक्टर सोनू आहलूवालियासँग विवाह गरेकी थिइन्  र सन् २०१० मा दुबैको सम्बन्धविच्छेद भयो ।

नवाब शाह थुप्रै फिल्म र टिभी प्रोजेक्टमा सहभागी हुने गर्छन् । सेक्रेड गेम्समा पनि नवाब शाह देखिएका थिए ।

सबै तस्बिर नवाबको इन्स्टाग्रामबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप