बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयकविरुद्ध उर्लियो मानवसागर, प्रम र सरकारविरुद्ध आक्रामक नाराबाजी (फोटो/भिडियो)

बुधबार, ०४ असार २०७६, ११ : ४३
बुधबार, ०४ असार २०७६

काठमाडौं–सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । 

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् । 

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् । 

शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ । 

भिडियो हेर्नुहाेस्

फोटोहरु

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप