शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवादास्पद विधेयकहरु फिर्ता नगरे सशक्त प्रतिरोध गर्ने देउवाको घोषणा

मैले बोल्नु माग्दा डराइहाल्नुपर्ने ?
बुधबार, ०४ असार २०७६, ११ : ५०
बुधबार, ०४ असार २०७६

काठमाडौँ– काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विवादास्पद विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले सत्तापक्षले जवरजस्ती गरे कुनै हालतमा पारित गर्न नदिने भन्दै सरकार नै प्रजातन्त्र मास्न लागेको आरोप लगाए ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले, गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई बलियो नबनाउने दावी गरे ।

‘बोल्न पाउने, लेख्न पाउने कुरा प्रजातन्त्रमा महत्वपूर्ण हो । तर सरकारले त्यसमाथि नियन्त्रण गर्न खोजेर प्रजातन्त्र माथि नै आक्रमण गर्न खोजेको छ । यो कुनै हालतमा पास हुन दिदैनौँ,’ देउवाले भने, ‘सूचनाको हक कुष्ठित गरिएको छ । संविधानमै सूचनाको हकको व्यवस्था गरिएको छ । मानवअधिकार आयोगमाथि नियन्त्रण गर्नु प्रजातन्त्रमाथिको अर्को आक्रमण हो ।’

त्यस्तै उनले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकको पनि विरोध गरे । उनले भने, ‘प्रधानमन्त्रीको सिफरिसमा सेना परिचालन गर्ने ? यो अविश्वास किन ? सेना परिचालन गर्ने स्थिति आयो भने सबैले सहयोग गर्छन् । सेना परिचालन गर्ने विषय व्यक्तिले होइन ।’

सभापति देउवाले रक्षा मन्त्रालय र गृहमन्त्रालयमाथि नै अविश्वास गरेर शक्ति प्रधानमन्त्रीमा निहित गर्न खोजेको आरेप लगाए । ‘किन चाहियो सेना प्रधानमन्त्तीलाई ? के गर्नुपर्याछ ? एउटा विप्लवलाई केही गर्न सक्या छैन गर्छ याहा ?’ सभापति देउवाको आक्रोश थियो । 

प्रजातन्त्रको महत्वपूर्ण अंग मानवअधिकार भएको भन्दै देउवाले निर्वाध बोल्न र लेख्ने स्वतन्त्रतामाथि बन्देज लगाउने यी विधेयक फिर्ता गर्न माग गरे । उनले सरकारले जवर्जस्ती गरेर अघि बढे सशक्त प्रतिरोध गर्ने भन्दै प्रजातन्त्र विरोधी विधेयकहरुलाई काँग्रेसले कुनै हालतमा नस्वीकार्ने बताए ।

सरकारले हेप्यो

देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताए । उनले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले भने “ प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् । ”

उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाए । उनले भने “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहा ठिक उल्टा । जवरस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ ? बल मिच्याई चल्दैन यो । हामी कुनै हालतमा मान्यवाला छैनौ ?’

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफुहरुले बोल्नका लागि मात्रै समय मागरेको बताए ।

उनले भने “शेर बहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराईहाल्नुपर्ने । मैले त अरु पनि मागेको छु । ”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप