बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा खबरदारी सभा भइरहँदा ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

बुधबार, ०४ असार २०७६, १३ : २७
बुधबार, ०४ असार २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।

बुधबार साढे १२ बजेदेखि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल छलफलमा रहेका छन् ।

माइतीघरमा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना भइरहँदा दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी एकताका बाँकी कार्यभारका विषयमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप