शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

बुधबार, ०४ असार २०७६, १४ : ०८
बुधबार, ०४ असार २०७६

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–५बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ ।

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । 

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको उद्धार कार्यले परिणाम निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । आज बिहानैदेखि दुर्घटनास्थलमा उद्धार टोली खटिएका छन् ।

सिकारुले जीप चलाएका कारण याङचुमा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीप चालकले नचलाएर सिकारुले चलाएका कारण नदीमा खसेको बताइएको छ । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित अन्दाजी १६ जना सवार गाडीलाई भर्खरका सिकारुले चलाएका कारण गाडी कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शी स्थानीय तुल्या कामीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप