मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

बुधबार, ०४ असार २०७६, १८ : १३
बुधबार, ०४ असार २०७६

बुटवल– जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा विना कागजातको भारतीय मोटरसाइकल छुटाइदिन आग्रह गर्दै  घुस दिने खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पकाउ पर्नेमा रुपन्देहीको मर्चबारी गाउँपालिका बार्ड नम्बर १ बस्ने  ६३ बर्षका रामराज यादव रहेका छन् ।

जेठ ३२ गते  विना काजगपत्र भारतीय नम्बरका २ वटा  मोटरसाईकललाई  प्रहरीको नियमित चेकिङ्गको क्रममा  सिदार्थनगरपालिको गल्लामण्डीमा  नियन्त्रण लएको थियो । उक्त मोटरसाईल छुटाउनको लागि आज जिल्ला प्रहरी कार्यलयको  प्रहरी निरीक्षकको कक्षमा १० हजार रुपैयाँ लिएर  पुगेका थिए । जिल्ला प्रहरी कार्यालका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले घुस दिन खोज्ने यादवलाई अख्तियार कार्यालयमा पठाएको जनाकारी दिए ।

प्रहरीले दुईवटा भारतीय मोटरसाईकल नियन्त्रण लिएको थियो । उनी मोटरसाईक धनी र कागजपत्र विना छुटाउनको लागि हिजो पनि जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप