शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौडण्डी वेलटारमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, दुईजनाको घटनास्थलमै मुत्यु

बुधबार, ०४ असार २०७६, १८ : ३३
बुधबार, ०४ असार २०७६

काठमाडौं– उदयपुर बेलटार  सडक अन्तर्गत चौडण्डी गडी खण्डमा  ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा  २ ख ७०९ नम्बरको ट्रिपरले स ४प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा चौडण्डी गडी नगरपालिका  ४ घर हुने ३६  वर्षीय खगेन्द्र राई र सोही घर हुने बर्ष ३५ को जीवन राई रहेको प्रहरी निरीक्षक गंगा प्रसाद पौडेलले जानकारी दिएका छन् । 

दुर्घटना पछि टिपर चालक भने फरार रहेको ईप्रका चौडण्डीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप