दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने
बुधबार, ०४ असार २०७६, १९ : ३५
सोल– दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका छन् ।
विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताएका छन् । किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको छ ।
यसै महिनाको शुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम दक्षिण कोरियाले डब्ल्यूएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना आएको हो ।
–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा