शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५० हजार घुससहित त्रिविका सहायक डीन समातिए

बुधबार, ०४ असार २०७६, २० : २१
बुधबार, ०४ असार २०७६

काठमाडौं–त्रिभुवन विश्व विद्यालय अन्तर्गतकाे  विज्ञान संकायका सहायक डीन अख्तियारको फन्दामा परेका छन् । 
 कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस सहित पक्राउ गरेको हो । 

पटेललाई ५० हजार घुस लिइसकेको अवस्थामा किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप