पार्टी नेता र पत्रकारहरूसँग राहुलको जन्मोत्सव
बुधबार, ०४ असार २०७६, २१ : ५३
एजेन्सी-भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो जन्मोत्सव पार्टीका नेता तथा पत्रकारहरूसँग मनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा उनले बुधबार ४९ वर्ष लागेको उपलक्ष्यमा आयोजना गर्नुभएको भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो ।
उनले पत्रकार र नेताहरूलाई मिष्ठान्न ग्रहण गर्न आग्रह पनि गरेका थिए ।
काँग्रेसका वरिष्ठ नेता प्रमोद तिवारीले गान्धीलाई भेटेर फेरी पार्टीलाई सशक्त रूपमा अगाडि बढाउन आफूले शुभकामना दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान