बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मार्टा सर्वाधिक गोल गर्ने खेलाडी

बुधबार, ०४ असार २०७६, २२ : ५३
बुधबार, ०४ असार २०७६

एजेन्सी-ब्राजिलकी ३३ बर्षीया मार्टाले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छन् ।

मार्टाले समग्रमा महिला र पुरुष दुवै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी हुन् । ब्राजिल मार्टाकै निर्णायक गोलमा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । 

बुधबार भएको समूह ‘सी’ को खेलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी इटालीलाई १–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

मार्टाले ७४औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेकी थिइन् । इटालीविरुद्धको गोलसँगै विश्वकपमा उनको गोल संख्या १७ पुगेको छ ।

यसअघि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान जर्मनमा पुरुष खेलाडी मिरोस्लाभ क्लोसको नाममा थियो ।

क्लोसले पुरुष विश्वकपमा कुल १६ गोल गरेका थिए । पाँचौं पटक विश्वकप खेलिरहेकी मार्टाले ब्राजिलका लागि हरेक खेलमा निर्णायक गोल गर्दै आएकी छन् । किर्तिमानी मार्टाले ६ पटक विश्व वर्ष खेलाडीको अवार्ड समेत जितेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप