शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

बिहीबार, ०५ असार २०७६, ०६ : ३६
बिहीबार, ०५ असार २०७६

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ ।  

गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो ।

उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको पुष्टि गरेका छन् ।

अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीहरुले आर्थिक प्रलोभनमा विद्यार्थीको मार्कसिटमा नम्बर तलमाथि गरिदिने गरेका छन् ।

’फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’अख्तियारको उच्च अधिकारीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र भवानीश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप