बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापतिसँग शिष्टाचार भेट

बिहीबार, ०५ असार २०७६, १० : ०४
बिहीबार, ०५ असार २०७६

चीन भ्रमणमा रहेका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रीय सैन्य आयोगको ‘जोइन्ट स्टाफ विभाग’ प्रमुख जनरल ली जुओचेङसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति थापा असार १ गते चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन गएका थिए । 

यसअघि बेइजिङस्थित पिपल्स लिबरेसन आर्मी हेडक्वार्टरमा प्रधानसेनापति थालाको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

उक्त अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन ((Humanitarian Assistance/Disaster Response-HA/DR)) को लागि सहयोग अन्तरगत प्रदान भएको १५० मिलियन बराबरको हेबी मेकानिकल ब्रिज्ड, एक्सप्लोसिभ अर्डान्स डिस्पोजल इक्वीपमेन्ट र रेस्क्यु किट तथा विभिन्न प्रकारका सवारी साधनहरु जस्ता सामान प्राप्त गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर गरेका छन् । 

भ्रमणको सिलसिलामा आजै प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेट वालजस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेका छन् । उनी असार ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप