बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आगँनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या

बिहीबार, ०५ असार २०७६, १० : १६
बिहीबार, ०५ असार २०७६

बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । 

उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप