शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० खर्ब ६० अर्ब विदेशी बिनिमय सञ्चिती, ९.१ महिनाको आयात धान्ने

बिहीबार, ०५ असार २०७६, ११ : ४६
बिहीबार, ०५ असार २०७६

काठमाडौं–बैशाख मसान्तमा विदेशी विनिमयको सञ्चिती १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो विदेशी विनिमय सञ्चितीले ९.१ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

 अमेरीकी डलरको सञ्चिती ९ अर्ब ४२ करोड रुपैयाँ छ । कुन विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बंैकसँग बैशाख मसान्तसम्म ९ खर्ब १५ अर्ब ३९ करोड रहेको छ । यस्तै राष्ट्र बैंक बाहेक बैंक तथा वित्तिय संस्थासँग १ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कुल विदेशी मुद्रा विनिमय सञ्चितीमा भारतीय मुद्राको सञ्चिती २३.३ प्रतिशत रहेको छ । 

विदेशी विनिमयको सञ्चिती कुल ग्रार्हस्थ उत्पादनको ३०.६ प्रतिशत, कुल आयात ६६.६ प्रतिशत, विस्तृत मुद्रा प्रदायक अनुपात ३१.१ प्रतिशत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप