शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा डेंगु फेला पर्‍यो

बिहीबार, ०५ असार २०७६, १२ : २५
बिहीबार, ०५ असार २०७६

जनकपुर–सप्तरीको कञ्चनरूप नगरपालिकामा डेंगु रोग फेला परेको छ । रगत परीक्षण गर्दा साे नगरपालिकाकाे वडा नम्बर ६ बस्ने २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको जनाइएको छ ।

कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको जानकारी दिए ।

 सोही ठाउँका अर्का एक व्यक्तिमा समेत डेंगुको संक्रमण भएको शंका गरिएको छ, तर उनी चेकजाँच गराउन नआएकाले पुष्टि हुन नसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी सोही वडाको जमुवामा आठ जनामा ज्वरो तथा डेंगुको लक्षण देखिएको बताइन्छ ।

बिहीबार स्वास्थ्यको टोली डेंगुको लक्षण देखिएको जमुवा टोलमा गएर चेकजाँच गर्ने , जनचेतना मुलक र्‍याली प्रदर्शन, सबैलाई सचेत हुन आग्रह गर्ने र लार्भा नष्ट गर्ने अभियान चलाउने , स्प्रे छर्ने जस्ता अभियान चलाइ सावधानी बारे कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए ।

यस अघि डेंगुका बिरामीहरु भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप