कतार एयरवेजलाई ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ अवार्ड
दोहा– कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको छ । जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको थियो । योसँगै कम्पनी उक्त पुरस्कारद्वारा ५ पटक (२०११, २०१२, २०१५, २०१७ र २०१९) सम्मान हुने पहिलो एयरलाइन बन्न सफल भएको छ ।
साथै कतार एयरवेजले तेश्रो पटक ‘मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन’ र लगातार चौथो वर्ष ‘सर्वोत्कृष्ट विजनेस क्लास’ उपाधि हात पार्न सफल भएको छ । विश्वका चिर प्रतिद्वन्दीहरुलाई पछि पार्दै कम्पनीले पुनः आफ्नो विजनेस क्लास क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट विजनेस क्लास सिट’ द्वारा सम्मान भएको छ ।
स्काइट्रेक्स अवार्ड्स समारोहमा कतारका यातायात तथा सञ्चार मन्त्री जसिम सैफ अहमद अल सुलाइतीले भने, “कतार राज्यको लागि यो दिन अत्यन्तै महत्वपूर्ण दिन हो र कतार एयरवेज पाँचौ पटक ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ उपाधिद्वारा सम्मानित भएको देख्ने अवसर पाएकोमा म निकै हर्षित छु । ”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन