शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पपछि ४ लाख १५ हजार घर पुनर्निर्माण, असार १५ सम्म छुट सर्वेक्षण

बिहीबार, ०५ असार २०७६, १३ : २९
बिहीबार, ०५ असार २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार १५ गतेसम्म अन्तिम छुट सर्वेक्षण गर्ने भएको छ  । २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पपछि भत्किएर सर्वेक्षण छुट भएका घरको पुन अन्तिम सर्वेको काम भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । 

सर्वेक्षणपछि उनीहरुसँग गरिने अनुदान सम्झौताबारे पछि निर्णय गरिने प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले रातोपाटीलाई जानकारी दिए । 

यस्तै यसअघि नै अनुदान सम्झौता भएका भूकम्प प्रभावितलाई असार मसान्तभित्र पहिलो किस्ता लिइसक्न प्राधिकरणले अनुरोध गरेको छ । 

जेठ मसान्तभित्र लाभग्राही सुचीमा परेका घरपरिवारले वडा कार्यालयमा गई असार २१ गतेभित्र अनुदान सम्झौता गर्न र असार मसान्तसम्म पहिलो किस्ता वापतको रकम लिन आग्रह गरेको छ । सो समयभित्र अनुदान सम्झौता गरी अनुदान नलिएमा त्यस्ता भूकम्प प्रभावितलाई लाभग्राहीको सुचीबाट हटाउने निर्णय भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।  

४ लाख घर पुनर्निर्माण 
भूकम्पले ध्वस्त पारेका घरहरुमध्ये ४ लाख १५ हजार ५ सय ९२ घर निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आंकडा अनुसार बनेका तथा बनिरहेको अवस्थामा ६ लाख ३२ हजार १ सय १९ घर रहेको जनाएको छ । निजी आवास निर्माणमा ८२ प्रतिशत प्रगति भएको प्राधिकरणको भनाई छ । 

प्राधिकरणले अति प्रभावित १४ जिल्लामा ७ लाख २५ हजार ८ सय ४४ र कम प्रभावित १८ जिल्लाका १ लाख ४ सय ६७ परिवारलाई लाभग्राहीको सुचीमा राखेको थियो । जसअन्र्तगत १४ जिल्लामा ६ लाख ६८ हजार ४ सय ८८ परिवारलाई पहिलो किस्ता वितरण गरेको थियो भने अतिप्रभावित १८ जिल्लामा ९३ हजार २५ घरका लागि पहिलो किस्ताको ५० हजार रुपैँया अनुदान वितरण गरेको थियो । 
गुनासोपछि १ लाख २९ हजार ४ सय ८ घरको पुन सर्वेक्षण गरेको र ९१ हजार ९ सय १८ को सुनुवाई गरेको प्राधिकरणले जनाएको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप