चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
बिहीबार, ०५ असार २०७६, १३ : ४५
प्योङयाङ– चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो ।
चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन् । चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ ।
आर्थिक तथा पराम्परागत सम्बन्ध कायम हुँदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ अध्याय शुरु भएको समाचारमा बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर