भारतका सबै प्रमुख निर्वाचन एकैपटक गराउनुपर्ने मोदीको चाहना, अध्ययन समिति बनाउने घोषणा
एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार ‘एक देश, एक चुनाव’ विषयमा सर्वदलीय बैठक बस्यो । वैठकको आयोजना मोदीको अग्रसरतामा भएको थियो । भाजपा र मोदीले विगतदेखि नै भारतका प्रदेशमा हुने विधानसभा चुनाव र संघीय संसदको लागि हुने निर्वाचन एकै समय गर्नुपर्ने भन्दै आएको छ ।
विगतदेखि नै मोदीले प्रत्येक जस्तो महिनामा हुने निर्वाचनले भारतको प्रशासनिक काममा अवरोध पुगेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । रक्षामन्त्री राजनाथ सिंहले बताएअनुसार वैठकमा भारतका प्रमुख ४० पार्टीलाई निम्ता पठाइएकोमा २१ वटा दलका अध्यक्ष आएका थिए ।
तीन पार्टीले यस मुद्दामा आफ्नो राय लेखेर पठाए । बैठकपछि मोदीले यस विषयमा सुझाव दिनको लागि समिति बनाउने बताएका छन् । राजनाथ सिंहका अनुसार वैठकमा सामेल हुनेमध्ये बढी दल यस मुद्दालाई समर्थन गर्छन् । भाकपा र भाकपा(माक्र्सवादी) विषयप्रति असहति भए पनि वैठक बहिष्कार गरेन । ओडिशाका मुख्यमन्त्री नविन पटनायकले ‘एक देश, एक चुनाव’लाई समर्थन गरेका छन् ।
बैठकमा सामेल हुनेहरु ?
बैठकमा बिहारका मुख्यमन्त्री नीतिशकुमार, राष्ट्रवादी कंग्रेस पार्टीका शरद पावर, शिरोमणि दशका नेता सुखबीर बादल, ओडिशाका मुख्यमन्त्री नविन पटनायक, डीडीपी नेता महबूबा मुफ्ती, वाईएसआरको जगन मोहन रेड्डी सामेल भए ।
क–कसले गरे वैठक बहिष्कार
काँग्रेस, समाजवादी पार्टी, बहुजन समाज पार्टी, द्रमुक, तेदेपा, तृणमुलजस्ता पार्टीले भने बैठकलाई बहिष्कार गरे । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, बहुजन समाज पार्टीकी प्रमुख मायावतीले बैठकमा भेला हुने आमन्त्रण अस्वीकार गरिदिए । कम्युनिष्ट नेता सिताराम यचुरी भने बैठकमा सहभागी भए तर ‘एक देश, एक चुनाव’को मुद्दाको भने विरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै