समता अस्पताल कर्मचारी मृत्यु प्रकरण : तीन जना प्रहरी हिरासतमा
काठमाडौं । बौद्धस्थित समता अस्पतालमा एक कर्मचारीको शंकारस्पद मृत्यु भएको विषयलाई लिएर प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित ३ जनालाई सोधपुछको लागि भन्दै हिरासतमा लिएको छ ।
सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानयरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ गत मंगलबार बिहान अस्पतालमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । तामाङ मृत अवस्थामा फेला परेपछि त्यहाँको अवस्था अझैँ पनि तनावग्रस्त बनेको छ ।
मृतक विमलाको गोजीमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको कागज भेटिएको थियो । प्रहरीका अनुसार कागजमा ‘म्याम’ लेखिएको थियो ।
त्यही आधारमा प्रहरीले मंगलबार नै सोधपुछको लागि भन्दै उत्तम, पत्नी कला, तीर्थ र संगीतालाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
तामाङको ‘हत्या’ भएको कुनै संकेत नभेटेपछि ज्यान मुद्दामा जाहेरी लिन समस्या भएको प्रहरी बताउँछ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार अहिले पनि पीडित र अस्पताल प्रशासनबीच छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु