शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोकर्णमा बस पल्टियो, एकजनाको मृत्यु

बिहीबार, ०५ असार २०७६, १४ : ३३
बिहीबार, ०५ असार २०७६

काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हनुेको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ । 

बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप