शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपक्षी दलले संविधान र कानुनको उल्लङ्घन गर्‍यो: योगेश भट्टराई

बिहीबार, ०५ असार २०७६, १५ : ५१
बिहीबार, ०५ असार २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताएका हुन् ।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्पराविपरित भएको तर्क उनले गरे ।  उनले आफुलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै उनले प्रतिनिधिसमा नियमावलीको दफा १२ मा दैनिक कार्यसूचीको बारेमा उल्लेख भएको र त्यसलाई ससदमा रहेका सबैले मान्नुपर्ने बताए ।  

उनले भने, ‘सभामुखका आदेश मान्दैनौ ? नियम मान्दैनौ । कानुन मान्दैनौ । संविधान मान्दैनौ । किन कि हामी दुनियाँले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमानेपछि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ।’

उनले आगामी दिनमा यस्ता क्रियाकलापप्रति पुनर्विचार गर्न पनि आग्रह गरे । उनले भने, ‘मलाई त लागेको थियो, नेपाली काँग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन् रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो ।’

उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गरे । उनले भने, ‘विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप