शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपेन्द्रतिर हेर्दै गच्छदारले भने, ‘मेरो कुरा उहाँलाई नमिठो लाग्न सक्छ त्यसैले मेरा कुरातिर ध्यान छैन’

बिहीबार, ०५ असार २०७६, १७ : ०५
बिहीबार, ०५ असार २०७६

काठमाडौं–नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले धेरैपछि समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि टिप्पणी गरेका छन् ।  हतपत कुनै नेतामाथि टिप्पणी गर्न नरुचाउने गच्छदारले आज संसदमा बोल्ने क्रममा उपप्रधानमन्त्री यादवमाथि टिप्पणी गरे । उनले देशमा जारी भएको संविधानले मधेशी, आदिवासी, जनजाति, मुस्लिम, पिछडा वर्ग सबैलाई अधिकार सम्पन्न बनाएको बताए ।

 उनले भने, ‘मधेशी समुदायलाई पनि अधिकार सम्पन्न बनाएको छ । मधेशी दललाई पनि अधिकार सम्पन्न बनाएको छ । धेरै चर्को अवाज उठाउने मधेशी नेताहरु पनि यसै सदनमा छन्  । कोई कोइ त सरकारमा पनि हुनुहुन्छ । सरकारको उच्चतम पदमै हुनुहुन्छ । उहाँलाई मेरो कुरा नमिठो लाग्न सक्छ । त्यसैले मेरो कुरातिर ध्यान छैन । तर सदनको ध्यान अवश्य भइरहेको छ ।’

यो कुरा भनिरहँदा उपप्रधानमन्त्री यादव रक्षा मन्त्री एवं उपप्रधानमन्त्री इश्वर पोखरेलसँग कानेखुशी गरिरहेका थिए । त्यही भएर नेता गच्छदारले उहाँलाई मेरो कुरा नमिठो लाग्नसक्छ, त्यसैले मेरो कुरातिर ध्यान छैन भनेका थिए ।’

नेपाली काँग्रेस त्योगेर २०६५ सालमा गच्छदार उपेन्द्र यादवलाई अध्यक्ष स्वीकार गरेर फोरम नेपालमा प्रवेश गरेका थिए । तर उनी त्यहाँ धेरै दिनसम्म टिक्न सकेनन् । कट्वाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि माधवकुमार नेपाल नेतृत्वमा सरकार निर्माण हुँदा उनले फोरम नेपाल विभाजन गरेर फोरम नेपाल लोकतान्त्रिक गठन गरेका थिए । 

फोरम लोकतान्त्रिकबाट उनी पटक–पटक सरकारमा गएका थिए । तर उनले त्यो पार्टी चलाउन सकेनन् र काँग्रेससँग एकीकरण गरे ।  उनले सदनमा भने, ‘संविधान साझा दस्तावेज हो । कुनै दल विशेषले ल्याएको संविधान होइन । घोर असहमतिको बाबजुद पनि संविधान जारी गर्यो । त्यो सविधानले धर्म निरपेक्ष, धार्मिक स्वतन्त्रता, संघीयता समानुपातिक सिद्धान्तलाई पनि स्थापित गरेको छ । अहिलेको सविधानले शक्तिपृथकीकरणको सिद्धान्तलाई पनि स्थापित गरेको छ ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप