शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारले अति विपन्न ८० परिवारका लागि घर निर्माण गर्दै

बिहीबार, ०५ असार २०७६, १७ : ३३
बिहीबार, ०५ असार २०७६

जनकपुर– प्रदेश २ सरकारले जनता आवास कार्यक्रम’ अन्तर्गत जनकपुरधाममा मुसहर परिवारका लागि ८० घर निर्माणका लागि काम थालेको छ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ८० घर परिवारका लागि २ कोठे भवन निर्माणका लागि आज शिलान्यास गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहियामा मुसहर, हलखोर, डोम लगायत अति विपन्न समुदायको स्थायी बसोबासका लागि सो अभियान सुरु भएको हो ।  भौतिक पूर्वाधार विकासमन्त्री सोनलले प्रदेश नम्बर २ मा मुसहर, डोम, मेस्तर जाती र समुदायका लागि विशेष योजना ल्याएर घर निर्माण गर्न लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप