हराइरहेको मलेशियन एयरलाइन्सको विमानबारे नयाँ रहस्य खुल्यो, पाइलटसँग श्रीमतीको डिभोर्सलगत्तै दुर्घटना
एजेन्सी– मलेशिया एयरलाइन्सको फ्लाइट एमएच ३७० दुर्घटना सम्बन्धमा बुधबार एउटा नयाँ दावी बाहिर आएको छ । एउटा अध्ययन अनुसार यो दुर्घटना पछाडि जहाजको पाइलट क्याप्टेन जाहिरी अहमद शाहको मानसिक स्थिति जिम्मेवार रहेको उल्लेख छ ।
अध्ययनमा भनिएको छ, ‘उनकी पत्नीले उनलाई छाडेर गएकी थिइन् र उनी मानसिक रुपमा विक्षिप्त थिए । यही कारण उनले विमान दुर्घटना गराएर आत्महत्या गरेका थिए । उक्त विमान दुर्घटनामा २३८ जनाको ज्यान गएको थियो ।
सन् २०१४ मार्च ८ को दिन क्वालालाम्पुरदेखि बेइजिङतर्फ उडेको एमएच ३७० विमान बेपत्ता भएको थियो । यसमा सवार सबै मासिनको मृत्यु भइसकेको मानिएको छ । अहिलेसम्म यो विमान हराउनुको ठोस प्रमाण बाहिर आएको छैन ।
फ्लाइट एटेन्डेण्टसँग पाइलटको सम्बन्धपछि श्रीमतीसँग सम्बन्ध विच्छेद
पछिल्लो अध्ययनको रिपोर्ट ब्रिटिश समाचारपत्र ‘द सन’ले प्रकाशित गरेको छ । यस रिपोर्टले विमान दुर्घटनाको सम्पूर्ण जिम्मेवारी जाहिरीको मानिसक अवस्थालाई लगाएको छ । सोधपुछका क्रममा उनका साथीले पनि दुर्घटनामा जाहिरी जिम्मेवार हुनसक्ने बताएका छन् ।
रिपोर्टमा बढी संकेत जाहिरीको मानसिक स्थिति, उनको पत्नीसँगको सम्बन्ध विच्छेद र एयर होस्टेससँग उसको सम्बन्धलाई गरेको छ । अमेरिकी एभियसन विशेषज्ञ विलियम ल्यागविशेले जाहिरीका साथीसँग कुराकानी गरेका थिए । एकजना मित्रले उनको विवाह सम्बन्ध बिग्रेको र यस पछाडि पाइलटको केही जहाजका एटेण्डेटसँग सम्बन्ध कारण रहनु रहेको बताएका छन् ।
ल्यागविशेको रिपोर्टमा जाहिरीको घरमा उडानको अभ्यास गर्न सकिने ‘फ्लाइट सिमुलेटर’ रहेको र त्यहाँ उसले एमएच–३७० बेपत्ता भएको दिन हराउनुअघि विमानले तय गरेको मार्ग सेट भएको देखिएको थियो । यसबाट उनले घरमै विमान दुर्घटनाको अभ्यास गरेको हो कि भन्ने आशंका गरिएको छ ।
यस मामिलामा भर्जिनियाका डा.भिक्टर ल्यानेलाले स्वतन्त्र जाँच गरिरहेका थिए । उनले पनि जाहिरीको घरमा रहेको ‘फ्लाइट सिमुलेटर’मा एमएच ३७० फ्लाइटले विगतमा तय गरेको सबै हवाई माग दर्ता रहेको पाए । तर त्यहाँ एउटा बाटो यस्तो थियो, जुनमा उनले दैनिक उडानका लागि प्रयोग गर्दैन थिए । यही बाटो प्लेन दुर्घटनाको दिन चुनिएको थियो ।
लामो समय खोज्दा पनि विमानको कुनै संकेत नभेटिएपछि विमानको खोज अहिले स्थगित गरिएको छ । साथै विमानमा सवार सबैलाई मृत घोषणा गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल