बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय  काठमाडौंको बबरमहलमा

बिहीबार, ०५ असार २०७६, १९ : ००
बिहीबार, ०५ असार २०७६

काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाण्डौंको बबरमहलमा स्थापना गरेको छ ।

प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालयको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गरे ।

कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा स्थापना गरेको हो । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।  

बिमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बिमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिए ।उनले देशमा बिमा ब्यावसायका लागि अनुकुल वातावरण बनाउन बिमा समिति सक्रिय भएर लागि परिरहेको बताउदै नेपालमा बिमाको कभरेज २० प्रतिशत भन्दा बढि पुग्ने अवस्था रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीले छोटो समयमा निकै ठुलो सफलता प्राप्त गरेको उल्लेख गर्दै नियमनकारी निकाय बिमा समिति, संचालक समिति, कर्मचारीहरु, अभिकर्ताहरु र बिमितहरु प्रति आभार प्रकट गरे ।

कम्पनीले हरेक त्रैमासिक अवधिमा इतिहास रच्दै आएको उल्लेख गर्दै आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म कम्पनीले १ अर्ब ९२ करोड प्रथम बिमा शुल्क संकलन गरेर बिमा क्षेत्रमा कम्पनीको प्रतिष्ठालाई उच्च बनाएको जानकारी गराए ।

देशको संघिय ढाँचा अनुसार निकट समयमा कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देश भर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप