संगठनको शान, गर्व र गौरव बढाउन निरन्तर लागिपरेको छु : आईजीपी खनाल
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले संगठनको शान, गर्व र गौरव बढाउन आफू निरन्तर लागिपरेको बताएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्खै खनालले संगठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम गर्नुपर्ने बताएका हुन् ।
अनुशासित, मर्यादित र इमान्दार भएर प्रहरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सबैभन्दा ठूलो शक्ति र सत्य आफूले काम गर्ने र आफूमा विश्वास गर्ने हो ।’
व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने टर्नआउट दुरुस्त हुनुपर्नेमा उनले जोड दिए । प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर संगठनमा प्रहार गर्न सकिन्छ भन्ने सोचाई राखेर रमाउने प्रवृत्ति गलत रहेको उनले चर्चा गरे ।
प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्ति विकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माण लगायतका उपलब्धी हासिल भएको उनले बताए ।
यस्तो वातावरण र काम गर्ने अवसरको सदुपयोग गर्न परिस्थिति आफैं बनाउँदै दृढ इच्छाका साथ राम्रो काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘व्यक्तिगत रुपमा आफूले आफैंलाई संयमित राख्नुस् ।’
समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतिको सामना गर्न सजिलो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी