बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तरुण दल उपाध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

बिहीबार, ०५ असार २०७६, २० : ११
बिहीबार, ०५ असार २०७६

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आक्रमणमा संलग्न वसन्त घर्ती, नारायण डाँगी र ऋषि देवकोटालाई आज कोहलपुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । 

आक्रमणमा आठ जनाको संलग्नता रहेको र सबैलाई पक्राउ गरिने उनले बताए । 

पीडितको जाहेरीपछि मुद्दा प्रक्रिया अगाडि बढाइने सिंहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप