केन्द्रीय संस्करण
प्रेरक

एउटी विश्व महामानव, जसले गरिब र अपाङ्गलाई सम्मान गर्न विश्वलाई सिकाइन् !

साहस र दृढताकी धनी हेलेन केलर, जसका लागि अन्धाेपन तगारो बन्न सकेन

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline1

एउटी १९ वर्षकी सुन्दर बच्ची । अचानक उनलाई मेनेन्जाइटिस रोगले सताउँछ । उपचारपछि रोग त निको हुन्छ तर दुर्भाग्यको कुरा, उनी अन्धी बन्न पुग्छिन् । उनको कानले सुन्न छाड्छन् । अनि उनी आफ्नो तोतेबोली पनि बोल्न सक्न छाड्छिन् । अनुमान गर्नुहोस्, भरखर भरखरै कुराहरु थाहा पाउन थालेकी ती अबोध बच्चीले कस्तो महसूस गरी होलिन् । अनि आफ्नी प्यारी र सुन्दर छोरीलाई अचानक त्यस्तो हुँदा उनकी आमाबुबालाई कस्तो लाग्यो होला ?

हो, अमेरिकाको अलाबामाको तुस्कमबियामा सन् १८८० को जुलाई २७ मा जन्मेकी बालिका हेलेन केलरलाई त्यस्तो नराम्रो कुरा भयो । १९ महिनाको अति कलिलो उमेरमा नै उनी अन्धी, बहिरी र बोल्न नसक्ने गुँगी बन्न पुगिन् । उनी अपाङ्ग भइन् ।

https://images.fineartamerica.com

शुरुमा हेलेन चिडचिडे थिइन् । उनी जिद्दी थिइन् । सम्भवतः कान सुन्न नसक्ने, बोल्न नसक्ने र देख्न नसकने अवस्थाले उनीभित्र घोर निराशा छाएकाले त्यस्तो भएको हुन सक्छ । उनी प्लेटहरु तोड्फोड गर्थिन् । बिजुलीका बत्तीहरु फुटाइदिने गर्थिन् । जे भेटियो, त्यही फ्याँक्ने, परिवारका सदस्यहरुलाई चिथोर्ने, कोपर्ने गर्थिन् ।

तपाईं हामी भए यस्तो अवस्थामा हरेश खान्थ्यौं । सके ‘दैवको इच्छा, के नै गर्न सकिन्छ र ?’ भनेर लत्ता पनि छाड्थ्यौं होला । तर हेलेनका आमाबुबा क्याप्टेन अर्थर एच. केलर र आमा केट आडम्स केलरले उनीहरुले हिम्मत हारेनन् ।  हेलेनलाई दैवको हातमा छाडेनन् ।

शुरुमा हेलेन चिडचिडे थिइन् । उनी जिद्दी थिइन् । सम्भवतः कान सुन्न नसक्ने, बोल्न नसक्ने र देख्न नसकने अवस्थाले उनीभित्र घोर निराशा छाएकाले त्यस्तो भएको हुन सक्छ । उनी प्लेटहरु तोड्फोड गर्थिन् । बिजुलीका बत्तीहरु फुटाइदिने गर्थिन् । जे भेटियो, त्यही फ्याँक्ने, परिवारका सदस्यहरुलाई चिथोर्ने, कोपर्ने गर्थिन् । उनका नातेदार र छिमेकीहरु हेलेनलाई बोक्सी लागेको ठान्थे । उनलाई परिवारबाट अलग्गै कुनै संस्थामा लगेर राखिदिन सल्लाह दिन्थे ।

 तर हेलेनका आमाबुबाको मन उदार र असल थियो । उनीहरुले कसैको कुरा सुनेनन् । उनीहरुले हेलनलाई ममतापूर्वक स्याहार सुसार गरिरहे । हेलेनका बाल्यकाल हरेक उद्दण्डता र जिद्दीपनालाई सजिलै अपनाए । उनीहरुले हिम्मत हारेनन् ।  ६ वर्षको उमेरसम्म उनीहरुले हेलेनको हर व्यवहारलाई झेले ।

सन् १८८७ । हेलेनको भविष्यप्रति चिन्तित आमाबुबाले उनलाई बाल्टिमोरका एक विशेषज्ञ डाक्टरकोमा लगे । डाक्टरले हेलेनले कहिल्यै आँखा देख्न र कान सुन्न नसक्ने बताए । तर साथसाथै, उनले हेलेनलाई सिकाउन सकिन्छ, हिम्मत नहार्नु भनेर आश्वासन दिए । उनले नै त्यसबेला बहिराहरुका बारेमा काम गरिरहेका प्रसिद्ध वैज्ञानिक अलेक्जेण्डर ग्राहम बेललाई भेट्न पनि सल्लाह दिए । डाक्टरको सल्लाहअनुसार उनीहरुले ग्राहम बेललाई भेटे । उनले हेलेनका आमाबुबालाई हेलेनलाई दक्षिणी बोस्टनको मासाच्यूसेट्समा रहेको अन्धाहरुका लागि खोलिएको पर्किन्स इन्स्टिच्यूटमा सम्पर्क गर्न सल्लाह दिए । हेलेनको सौभाग्य, पर्किन्सका निर्देशक माइकल एनाग्नोसको उदारताले गर्दा उनले त्यहाँ २० वर्षीया एन् सुलिभानलाई शिक्षिकको रुपमा भेट्टाइन् । सुलिभान आफैंको धेरैजसो दृश्यशक्ति उनी ५ वर्षकी छँदै गुमाइसकेकी थिइन् । उनले पनि पर्किन्सबाट ग्राजुएट गरेकी थिइन् । उनले अन्धी, बहिरी र गुँगी हेलेनलाई पढाउनु भनेको निक्कै कठीन काम थियो । तर दृढ र आत्मविश्वासी सुलिभानले यो कठीन काम स्वीकारे । उनी हेलेनका शिक्षक बने । उनीहरुको यो गुरु शिष्यको सम्बन्ध ४९ वर्षसम्म निरन्तर रहिरह्यो ।

https://www.flickr.com/

उनलाई हेलेनलाई कुराहरु सिकाउन निक्कै गाह्रो भयो । हेलेनको उद्दण्डता झनै बढेर गयो । तर सुलिभानले हेलेनसँग बोल्दिनँ भन्ने संकेत गरेर, कहिले धम्काएर, कहिले फकाएर उनलाई सुधार्ने कोशिश गरिरहिन् । उनको कोशिसको नतिजा देखिन थाल्यो । हेलेन सुलिभानसँग झ्याम्मिन थालिन् ।

सुलिभान कडा अनुशासन प्रिय थिए । उनी संसारमा असम्भव केही छैन भन्ने ठान्थिन् । त्यसैले अरुले असम्भव ठानेको कुरा, हेलेनलाई बोल्न, लेख्न र पढ्न सिकाउने अनि हेलेनको सुन्दर भविष्य निर्माण गर्ने काममा जुटिन् । उनले हेलेनलाई परिवारका सदस्यहरुसँग भेट्नबाट रोक लगाए । उनलाई बगैंचामा रहेको एउटा सानो घरमा राखेर सुलिभानले हेलेनलाई दैनिक व्यवहारका कुराहरु, जस्तै, कसरी खानेकुरा खाने, कपाल कसरी कोर्ने जस्ता कुराहरु सिकाउन थालिन् । साथसाथै, उनले हेलेनलाई जीवन र जगतका कुराहरु सिकाउन थालिन् । शुरुमा उनलाई हेलेनलाई कुराहरु सिकाउन निक्कै गाह्रो भयो । हेलेनको उद्दण्डता झनै बढेर गयो । तर सुलिभानले हेलेनसँग बोल्दिनँ भन्ने संकेत गरेर, कहिले धम्काएर, कहिले फकाएर उनलाई सुधार्ने कोशिश गरिरहिन् । उनको कोशिसको नतिजा देखिन थाल्यो । हेलेन सुलिभानसँग झ्याम्मिन थालिन् । उनको उद्दण्डता र जिद्दीपन विस्तारै घट्दै गयो ।

सुलिभान म्यानुअल अल्फाबेट नामक बहिराहरुलाई कुराकानी सिकाउने सांकेतिक भाषाको तरिकाअनुसार हेलेनको हातमा औंलाहरु चलाउँदै उनलाई सिकाउने गर्थिन्  । तर हेलेन त्यसको अर्थ के हो भनेर बुझ्दैनथिइन् । एक दिनको कुरा हो । सुलिभान त्यसरी नै हेलेनलाई पानी चिनाउन खोज्दैथिइन् । सुलिभानले हेलेनको एउटा हात समातेर पानीमा राखिदिएकी थिइन् । अचानक हेलेनले कठिनतापूर्वक साथ  W-A-T-E-R- भनेर उच्चार गरिन् । यो चमत्कार भएको थियो । हेलेनको यो सिकाइले सुलिभान खुसीले चिच्याइन् । हेलेन पनि नयाँ शब्द सिक्न पाएकोमा कम खुसी थिएनन् । खुसीले उत्तेजित हेलेनले जमीनमा घोप्टिएर थप्थप् हिर्काउन थालिन् । सुलिभानले तत्कालै उच्चारण गर्न सिकाए– earth । तत्कालै हेलेनले सुलिभानलाई आफू वरिपरिका वस्तुहरु, कतिसम्म भने, आफ्नो खेलौनाको समेतलाई के भन्छ भन्ने सिकाउन कर गरेर तीनछक्क पारिन् । उनले सुलिभानको नाम सोधिन् । सुलिभानले Teacher भनेर हेलेनको हातमा त्यसको उच्चारण लेखिदिइन् । तत्कालै हेलेनले त्यो शब्द पनि टिपिन् । त्यसदिन हेलेनले करीब ३० वटा नयाँ शब्दहरु सिकिन् ।

आखिरमा, सुलिभानको कुशल र ममतामयी सिकाउने तरिका, हेलनका आमाबुबाको असल स्याहार सुसार र माया, अनि हेलेन आफैंको दृढ इच्छा शक्तिले असल परिणाम देखिन थाल्यो । सात वर्षको उमेर पुग्दानपुग्दै हेलेनले ६० वटा जति विभिन्न संकेतहरु सिकिन् । तिनै संकेतहरुका माध्यमबाट उनले आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गर्न थाले ।

सुलिभानले हेलेनलाई ध्यानपूर्वक सोच्न र बोल्न सिकाइन् । त्यसका लागि उनले अरुले बोलेको बेला तिनको ओंठ छामेर, कम्पन महसूस गरेर र हेलेनको हातमा बोलेको कुरा वर्णानुक्रमअनुसार संकेत गरेर बोल्ने मान्छेले के भन्न खोजेको हो भन्ने बुझ्न हेलेनलाई सिकाइन् । १० वर्षको उमेर पुग्दानपुग्दै हेलेनले आफ्नी शिक्षिकाको मुख छामेर के भन्न खोजेको हो, सो बुझ्न र बोल्न सिकिन् । हेलेनले के भन्न खोजेकी हुन्, त्यो बुझ्न सर्वसाधारणलाई कहिलेकाहीँ निक्कै गाह्रो पथ्र्यो । त्यस्तो अवस्थामा हेलेन रुने कराउने गर्थिन् तर उनले हिम्मत कहिल्यै हारिनन् । सुलिभानले त झन कहिल्यै पनि आशा गर्न छोडिनन् । उनको दृढ विश्वास थियो, हेलेनले सामान्य मानिसले जस्तै सबै कुरा सिक्न सक्छिन् । नभन्दै हेलेनले सबै कुरा सिकिन् । कतिसम्म भने, सुलिभानले हेलेनलाई ब्रेल लिपीमा अंग्रेजी, फ्रेन्च, जर्मन, ग्रीक र ल्याटिन भाषा पनि पढ्न सिकाइन् । हेलेनले पहिला उठेका अक्षरहरुबाट पढ्न लेख्न सिकिन् । त्यसपछि ब्रेल लिपीबाट । पछि त उनले सामान्य र ब्रेल लिपी, दुबैथरिका टाइपराइटरमा लेख्न सिकिन् ।

औपचारिक शिक्षा

बोल्न, लेख्न र पढ्न हेलेनले सुलिभानको कुशल निर्देशनमा घरमै सिकेकी थिइन् । उनलाई औपचारिक शिक्षाको लागि सन् १८८८ मा पर्किन्स इन्स्टिच्यूट फर ब्लाइन्टमा भर्ना गरियो । अक्षर देख्न नसक्ने, बोलेको सुन्न नसक्ने हेलेन भिन्न माध्यमको प्रयोगबाट बोल्न, लेख्न, पढ्न र साथीहरु बनाउन सक्थिन् ।

हेलेनले बोल्ने मानिसको ओंठ र घाँटीको रुद्रघण्टी छामेर उसले के भनेको भन्ने बुझ्ने त भइन् । तर हेलेन आफैंको रुद्रघण्टी चाहिँ त्यस स्तरमा विकसित हुन पाएको थिएन् ।

पर्किन्समा छँदै सन् १८९० तिर हेलेनले मेरी स्वीफ्ट ल्याम्सनलाई भेट्ने मौका पाइन् । तिनले हेलेनलाई बोल्न सिकाउने कठीन प्रयास गरिन् । हेलेनले अत्यन्तै व्यग्रतापूर्वक चाहेको कुरा पनि यही थियो । हेलेनले बोल्ने मानिसको ओंठ र घाँटीको रुद्रघण्टी छामेर उसले के भनेको भन्ने बुझ्ने त भइन् । तर हेलेन आफैंको रुद्रघण्टी चाहिँ त्यस स्तरमा विकसित हुन पाएको थिएन् । त्यसैले उनले राम्ररी बोल्न सिक्न सकिनन् । उनले बोलेका उनका शिक्षिका एन सुलिभान र उनका नजिकका नातेदारहरुले माझै बुझ्थे ।

सन् १८९४ मा हेलेन र अन्ना न्यूयोर्क सिटीमा गएर त्यहाँको राइट ह्यूमासन स्कूल फर द डेफमा भर्ना भए । त्यसको चार वर्षपछि सन् १९९८ मा फेरि उनीहरु मासाच्यूसेट्स फर्के र द क्याम्ब्रिज स्कूल फर यङ्ग लेडिजमा भर्ना भए र लगत्तै १९०० मा राडक्लिफ कलेज (हावर्ड यूनिभर्सिटीको महिला शाखा) मा भर्ना भए । र, अन्ततः सन् १९०४ मा उनले त्यहाँबाट स्नातक गरेर कलेजबाट स्नातक गर्ने पहिलो बहिरी र अन्धी व्यक्ति बन्न पुगिन् ।

प्रसिद्धिको शिखरमा हेलेन

हेलेनलाई विश्वस्तरमा चिनाउन उनले गरेको विलक्षण प्रगतिको बखान गरेर पर्किन्सका निर्देशक माइकल एनाग्नोसले पत्रिपत्रिकामा धेरै लेखरचनाहरु लेखे । उनले हेलेनलाई विलक्षण र अद्भूत प्रतिभाको रुपमा चित्रित गरेका थिए । त्यसले विश्वको ध्यान हेलेनतिर तानेको थियो ।

अपाङ्ताका विरुद्ध लड्दै समाजसेवामा जीवन बिताएका हेलेन समाजवाद समर्थक बने । उनले सन् १९०९ देखि १९२१ सम्म गरिखाने मानिसहरुको समर्थनमा विभिन्न लेखहरु लेखे, प्रवचनहरु दिए । सधैं उनले गरिखाने मानिसहरुको समर्थनमा बोले र लेखे ।

अत्यन्तै उच्च इच्छाशक्ति र दृढताका धनी हेलेनको प्रसिद्धि बढ्न थाल्यो । उनी विश्वविख्यात बन्दै गए । उनी असाध्यै राम्रो प्रवचन दिन सक्थे । उनले आफ्नो जीवन संसारभरिकै अपाङ्गहरु, अझ विशेष गरी बहिरा र अन्धाहरुको सेवामा समर्पित गरिन् । सन् १९१५ मा उनले अन्धोपनका विरुद्ध लड्न हेलेन केलर इन्टरनेशनल नामक एउटा गैरनाफामुखी संस्थाको स्थापना गरिन् । उनको यो कार्यमा उनका कुशल र मायालु शिक्षिकाले पूरै साथ दिइन् । यसका लागि ती दुबैले संसारका ३९ वटा जति देशहरुमा यात्रा गरिन् । उनीहरुले जापानको त धेरै पटक यात्रा गरे । यात्राका क्रममा हेलेनले अन्धाहरुको अनुभव र अधिकारको पक्ष लिँदै प्रवचनहरु दिए । जापानीहरुले हेलेनलाई धेरै नै माया गरे । उनको प्रसिद्धि बढ्दै गयो । उनलाई ग्रोभर क्लेभल्याण्डदेखि जोन एफ केनेडीसम्म अमेरिकाका १२ जना राष्ट्रपतिहरु सबैले भेटे । अलेक्जेण्डर ग्राहमबेल, चार्ली च्याप्लिन, मार्क ट्वेन जस्ता त्यसबेलाका विश्वविख्यात हस्तीहरु हेलेनका अभिन्न मित्र बने ।

अपाङ्ताका विरुद्ध लड्दै समाजसेवामा जीवन बिताएका हेलेन समाजवाद समर्थक बने । उनले सन् १९०९ देखि १९२१ सम्म गरिखाने मानिसहरुको समर्थनमा विभिन्न लेखहरु लेखे, प्रवचनहरु दिए । सधैं उनले गरिखाने मानिसहरुको समर्थनमा बोले र लेखे । उनी आफैंले भनेका छन्, मैले मिठाइ पसलहरु, कारखानाहरु र भीडभाड युक्त गरीब बस्तीहरुमा घुमेको छु । मैलै त्यहाँको दृश्य देख्न त सकिनँ, तर मैले त्यसलाई सुँघेकी छु ।’

https://news.cision.com

हेलेनले गरीबहरुको पक्ष लिएर काम गर्न थालेपछि उनका विरोधीहरु पनि निस्के । पहिले उनको प्रशंसा गर्नेहरुले नै उनको अन्धोपन र बहिरोपनको खिल्ली उडान थाले । तर हेलेनले त्यस्ता विरोधहरुको कडा प्रतिरोध गरिन् ।

हेलेनले गरीबहरुको पक्ष लिएर काम गर्न थालेपछि उनका विरोधीहरु पनि निस्के । पहिले उनको प्रशंसा गर्नेहरुले नै उनको अन्धोपन र बहिरोपनको खिल्ली उडान थाले । तर हेलेनले त्यस्ता विरोधहरुको कडा प्रतिरोध गरिन् ।

हेलेनले धेरै लेखरचनाहरु लेखे । लेख्नका लागि उनले एउटा सामान्य खालको टाइपराइटर र अर्को बे्रेल लिपीको टाइपराइटर प्रयोग गर्ने गर्थे । कलेजको जीवनकालमा नै उनले लेखेको पहिलो किताब The Story of My Life थियो । यो किताब संसारभरिका ५० वटा भाषामा अनुवाद भइसकेको छ । उनले लेखेको किताब Light in my Darmness सन् १९६० मा प्रकाशित भयो । उनले The World I live in, Out of the Dark लगायत जम्मा जम्मी १२ वटा किताबहरु लेखिन् ।

उनको जीवनीमा आधारित चलचित्रहरु बने । मुक चलचित्र  Deliverance ले उनको जीवनकथालाई पहिलोपटक चलचित्रको पर्दामा उतार्यो । अर्को नाटक The Miracle worker ले हेलेनले कसरी कुराकानी गर्न सिकिन् भन्ने देखायो । यसमा आधारित रहेर तीन पटकसम्म चलचित्रहरु बने । तीमध्ये सन् १९६२ मा बनेको चलचित्रले त ओस्कार नै पायो । उक्त चलचित्रमा सुलिभानको चरित्र एन बानक्रोफ्टले र हेलेनको रोल पाट्टी ड्यूकले निर्वाह गरेकी थिइन् । उनको कलेजको जीवन र किशोरावस्था एवं युवावस्थामा आधारित रहेर  The Miracle Continues नामक चलचित्र बन्यो । सन् २००० मा बनेको डिस्नेको चलचित्रले हेलेन सामाजिक समानताको लागि लड्ने योद्धा भएको चित्रित गर्यो । छिमेकी मुलुक भारतमा नै पनि धेरैजसो उनकै जीवनीमा आधारित रहेर ब्लाक नामक हिन्दी चलचित्र समेत बन्यो ।

सम्मानहरु

सेप्टेम्बर १४, १९६४ मा उनलाई अमेरिकी राष्ट्रपति लिन्डन बी जोन्सनले प्रेन्सिडेन्सियल मेडल अफ फ्रिडमले सम्मानित गरे । यो सर्वसाधरण नागरिकहरुलाई प्रदान गरिने अमेरिकाको सबैभन्दा ठूलो सम्मान हो । उनले अन्य दर्जनौं सम्मानहरु पाए । उनको जीवनमा आधारित रहेर बनेका दुई वटा चलचित्रहरुले त ओस्कार नै पायो ।

पछिल्लो जीवन

हेलेन केलरले आफ्नो सम्पूर्ण जीवन नै गरीबहरु र अन्धा अपाङ्गहरुको लागि समर्पित गरेकी थिइन् । जीवनको पछिल्लो कालमा उनी अमेरिकन फाउन्डेसन फर द ब्लाइन्ड नामक संस्थामा आबद्ध भएर सक्रिय थिइन् । उनले अमेरिकन फाउन्डेसन फर द ओभरसिज ब्लाइन्ड नामक संस्थाका लागि समेत काम गरिन् ।

सन् १९६१ देखि हेलेन गम्भीर बिरामी पर्न थालिन् । उनले सार्वजनिक जीवनबाट सन्यास लिइन् ।

सन् १९६८ को जुन १ । हेलेन सुनिरहेकी अवस्थामा निष्ठुरी कालले यी महामानवको जीवन चुँडेर लग्यो । त्यसबेला उनी ८७ वर्षकी भइसकेकी थिइन् । यसभन्दा ३० वर्ष अगाडि नै उनका कुशल मार्ग निर्देशक, कहिल्यै नथाक्ने गुरु र जीवनका अभिन्न साथी एन सुलिभानको निधन भएको थियो । हेलेनको पार्थिव शरीरलाई वाशिंगटन नेशनल क्याथेड्रलको सेन्टजोसेफ आफ एरिमाथियाको पवित्र स्थानमा समाधिस्थ गरियो ।

हेलेनको जीवनकथाले देखाउँछ, दृढ इच्छा शक्ति र धैर्यवान एवं कुशल गुरुको मार्गदर्शन हुने हो भने, जस्तोसुकै असमर्थ, असक्त र शारीरिक अपाङ्गता भएको मानिसले पनि जीवनमा महान् व्यक्ति बन्न सक्छन् ।

हेलेनको जीवनकथाले देखाउँछ, दृढ इच्छा शक्ति र धैर्यवान एवं कुशल गुरुको मार्गदर्शन हुने हो भने, जस्तोसुकै असमर्थ, असक्त र शारीरिक अपाङ्गता भएको मानिसले पनि जीवनमा महान् व्यक्ति बन्न सक्छन् । यो कुरा ‘प्रकृतिले ठगिएकी’, ‘केही गर्न सक्दिनन् भनेर  सबैले ठानेकी’, अनि शारीरिक अपाङ्गता भएकै कारण समाजबाट हेपिएकी हेलेनले प्रमाणित गरेर देखाइदिइन् । हेलेनले संसारलाई अन्धा र बहिराहरु, शारीरिक अपाङता भएकाहरु र हेपिएका एवं थिचिएकाहरुलाई सम्मान गर्न सिकाइन् ।

https://www.hki.org

हेलेनले भनेकी छिन्ः–

मानिसहरुले थाहा पाउनुपर्छ, अन्धा मानिसहरु विलक्षण हुँदैनन्, उनीहरु काम नलाग्ने पनि हुँदैनन् र मूर्ख पनि हुँदैनन । उनीहरुसँग पनि मस्तिष्क हुन्छन्, त्यसलाई शिक्षित बनाउन सकिन्छ । हात हुन्छन्, जसलाई प्रशिक्षित पार्न सकिन्छ, चाहनाहरु हुन्छन्, जसलाई प्राप्त गर्ने कोशिश गर्नु उनीहरुको अधिकार हो । मानिसहरुले अन्धाहरुलाई मद्दत गरेर ऊ आफैंमा सर्वोत्तम बनाउन सहयोग गर्नुपर्छ ताकि उसले कामहरु गरेर आफैंले प्रकाश जित्न सकुन् ।’

Main Photo: https://www.deviantart.com

 

कमेन्ट

  1. June 27, 2019, 5:50 p.m. raj
    नले अन्धी, बहिरी र गुँगी हेलेनलाई पढाउनु भनेको निक्कै कठीन काम थियो Nepali lekh nepalli ma lekhnu mildaina? Kina hindi misaunu paryo?
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...