शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्टपति सी र उत्तरकोरियाका नेता किमबीच सहमति

बिहीबार, ०५ असार २०७६, २३ : ४८
बिहीबार, ०५ असार २०७६

प्योङ्याङ्ची- चीन र उत्तर कोरियाका शिर्ष नेताहरूबीच दुवै देशको उज्ववल भविश्यका लागि सहकार्य गर्ने सहमति भएको छ ।

अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच बिहीबार सहमति भएको हो । 

उनीहरूबीचको यो भेटवार्ता र सहमतिलाई ऐतिहासिक विन्दुका रूपमा पनि व्याख्या गरिएको समाचारमा जनाइएको छ । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछि यसप्रकारको भ्रमण भएको हो । 

उत्तर कोरियाको औपचारिक भ्रमणको लागि यहाँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी र उत्तर कोरियालाी नेताबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।

दुई देशको मात्रै नभई क्षेत्रीय र विश्वव्यापी हितका लागि पनि आफुहरूले सँगसगै काम गर्न चाहेको सीले बताएका छन् ।

चीन र उत्तर कोरियाको सम्वन्ध र सहकार्यलाई अन्तर्राष्ट्रियस्तरबाट रणनीतिक महत्वका साथ हेर्ने गरिएको छ ।

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा आएका हुन् । 

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप