शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शुक्रबार तपाईंको दिन कस्तो छ ?

शुक्रबार, ०६ असार २०७६, ०६ : २९
शुक्रबार, ०६ असार २०७६

वि.सं.२०७६ साल असार ०६ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुन २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि चतुर्थी,३१ घडी ०८ पला,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र श्रवण,३० घडी ४९ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त धनिष्ठा । योग वैधृती,३६ घडी ३९ पला,बेलुकी ०७ बजेर ५० मिनेट उप्रान्त विष्कुम्भ । करण वालव,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धुम्र योग । चन्द्रराशि मकर । उत्तरी गोलार्द्धमा यस वर्षको लामो दिन। सर्वार्थसिद्धि योग ०५ बजेर ३० मिनेटसम्म। विश्व योग । दिवस संगीत दिवस ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सांगितिक माहोलमा दिन दित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीकास्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानीनहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जीवनसाथिको सहयोगले नाफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता विलासी सामान प्राप्त हुनेयोग रहेकोछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानीहुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक वस्तुहरुको प्रयोग गर्नपाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुखसागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फइदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानीगर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइनेयोग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानी बाट मनग्गे भन लाभ हुने योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । आर्थिक रुपमा कमजोर हुदा दैनिक आवश्यक्ताहरु परिपुर्ती गर्न सकिनेछैन । राजनीति तथा समाजसेवामा जनताको कमजोर सहभागित रहनेछ । आफन्त थता साभिभाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ , ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानीगर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पूरा हुनालेमन प्रफुल्ति हुनेछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप