नागढुङ्गाबाट ठूलो परिमाणमा कपडा बरामद
शनिबार, ०७ असार २०७६, १२ : ०७
काठमाडौँ–महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।
प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । “सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,” उनले भने ।
प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजश्व अनुसन्धान विभाग पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ