बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक जितसँगै न्युजिल्यान्ड शीर्ष स्थानमा

आइतबार, ०८ असार २०७६, ०९ : ३८
आइतबार, ०८ असार २०७६

वेस्टइन्डिजविरुद्ध पाँच रनको रोमाञ्चक जित निकाल्दै न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा दुई सय ९२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ८६ रनमा समेटिएको थियो ।  

वेस्ट इन्डिजका लागि कार्लोस ब्रेथवेटले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हात टार्न सकेनन् । कार्लोसले एक सय एक रन बनाए ।  ओपनर क्रिस गेलले ८७ र हिटमायरले ५४ रन बनाए । वेस्ट इन्डिजका अन्य ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । न्युजिल्यान्डका लागि टेन्ट्र बोल्टले चार विकेट लिए । ल्योकी फग्र्युसनले तीन, म्याट हेनरी, जेम्श निशम र कोलिन डी ग्रान्ड होमले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि विलियमसनले एक सय ४८ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो एकदिवसीय क्यारियरको १३औं सतक हो । लगातार दोस्रो शतक हानेका विलियमसनले यसअघि दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । रोश टेलरले ६९ बनाए ।

तल्लोक्रमका जेम्स निसमले २८, कोलिन डी ग्राण्ड होमले १७, टम लेथम १२ र मिचेल सान्टनार १० रन बनाए । वेस्ट इन्डिजका शिल्डन कर्टेलले चार विकेट लिए । कार्लोस वर्थवेटले दुई र क्रिस गेलले एक विकेट लिए । जारी विश्वकपमा अपराजित न्युजिल्यान्डले ६ खेलबाट ११ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अष्ट्र«ेलियाको समान खेलबाट १० अंक छ । तीन अंक बनाएको वेस्ट इन्डिज सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप