शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

आइतबार, ०८ असार २०७६, ०९ : ४७
आइतबार, ०८ असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । लर्डस मैदानमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्ने दावी गरेका छन् ।

यस विश्वकपमा एकै स्तरको प्रदर्शन गरिरहेका यी दुई टोलीलाई विश्वकपमा टिकिराख्न जित आवश्यक छ । ६ खेल खेलिसकेको दक्षिण अफ्रिका र पाँच खेल सकेको पाकिस्तान दुवैले एक एक खेल मात्र जितेका छन् । तालिकामा दुवै टोलीको समान तीन तीन अंक छ । दक्षिण अफ्रिका आठौं र पाकिस्तान नवौं स्थानमा छ ।

खराव नतिजाबाट गुज्रिएका दुवैटोलीको लक्ष्य दोस्रो जित निकाल्नु रहेको छ । यी दुई टोलीबीच यसअघि भएको एकदिवसीय भिडन्तमा दक्षिण अफ्रिका बलियो देखिएको छ । यसअघि विश्वकपमा यी दुई टोली चार पटक भिडेका छन् । जसमा दक्षिण अफ्रिकाले तीन र पाकिस्तानले एक खेल जितेको छ । समान स्तरका यी दुई टोलीबीचको खेल रोचक हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप