बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बरफ रगडेर पनि घटाउन सकिन्छ मोटोपना, थाहा पाउनुहोस् ‘आइस थेरापी’का फाइदा र सावधानी

आइतबार, ०८ असार २०७६, १० : ५६
आइतबार, ०८ असार २०७६

तौल घटाउनका लागि तपाईंले विभिन्न प्रकारका डाइट, व्यायाम र औषधीको प्रयोग गर्नुभएको छ होला तर के तपाईंले आइस थेरापीबारे कहिले सुन्नुभएको छ ? आइस थेरापीमा बरफलाई रगडेर तपाईं शरीरका केही हिस्सामा जमेको बोसोलाई कम गर्न सक्नुहुन्छ । पोलेको अवस्थामा, रगत बग्दा र चोट लाग्दा बरफको प्रयोग पहिले देखि नै गरिन्थ्यो । तर आजकाल संसारका विभिन्न देशमा तौल घटाउनका लागि पनि आइस थेरापी निकै चर्चित भइरहेको छ ।

बरफले कसरी हुन्छ बोसो कम ?

शरीरको केही विशेष भागमा बरफ रगड्दा त्यहाँ जमेको बोसो क्रमशः कम हुने हालै गरिएका अनुसन्धानले पनि पुष्टि गरेको छ । वास्तवमा, बरफले छालको तन्तुलाई खुम्च्याउने काम गर्छ जसका कारण तपाईंको बोसो कम हुने गर्छ । बच्चालाई जन्म दिएपछि महिलाको पेटमा बनेको स्ट्रेच मार्कलाई हटाउनका लागि बरफ रगडिन्छ । बरफ रगड्दा तन्तु खुम्चिने गर्छ जसका कारण स्ट्रेच मार्क हट्ने गर्छ ।

के साँच्चै फाइदाजनक छ आइस थेरापी ?

आइस थेरापीले शरीरका ती हिस्सामा काम गर्छ जहाँ बोसो अत्यधिक जम्मा भएका कारण छाला लच्किएको छ हात, तिघ्रा, पेट आदि । बरफले लगातार रगड्दा लच्किएको छाला बिस्तारै ठिक हुनथाल्छ । यसका साथै बरफले छालामा भएको टक्सिनलाई बाहिर निकाल्छ र सेल्युलाइटलाई राम्रो बनाउँछ जसका कारण केही दिनको प्रयोग पछि तपाईंको बोसो घटेको देख्न सकिन्छ ।

सही डाइट र व्यायामसँगै आइस थेरापी गर्दा थप प्रभावकारीः

तौल घटाउनका लागि अतिरिक्त फ्याटलाई शरीरमा जम्मा हुनबाट रोक्नु अत्यावश्यक छ । यसका लागि तपाईंले आफ्नो डाइट र वर्कआउटमा थोरै ध्यान दिनुपर्छ । यदि तपाईं ३०–४० मिनेट तीब्र गतिमा व्यायाम गर्नुहुन्छ, सन्तुलित भोजन गर्नुहुन्छ र बरफ रगड्नु हुन्छ भने दुई हप्तामा तपाईंले २–३ किलोसम्म तौल घट्न सक्छ ।

कसरी गर्ने आइस थेरापी ?

बरफलाई छालामा सिधै रगड्नु हुँदैन । बरफलाई कुने कपडा, जेल प्याक वा रुमालमा बेरेर रगड्नुहोस् । आफ्नो छाला जहाँ लच्किएको जस्तो लाग्छ, त्यहाँ रगड्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप