शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रकर्मीले भने, ‘नृत्यले चलचित्र सिंगारेको छ’

आइतबार, ०८ असार २०७६, ११ : १२
आइतबार, ०८ असार २०७६

काठमाडौं–नृत्यले नेपाली चलचित्र सिँगार्ने काम गरेको चलचित्रकर्मीले बताएका छन् । नेपाल चलचित्र नृत्य संघले राजधानीमा आयोजना गरेको ‘चलचित्रमा नृत्य’ विषय एक दिने कार्यशालामा चलचित्रकर्मीले सो कुरा बताएका हुन् । 
नेपाल चलचित्र नृत्य संघले आयोजना गरेको कार्यक्रममा कार्यशालाको उद्घाटन  चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले गरेका थिए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामालगायतले चलचित्रमा नृत्यको औचित्यमाथी बोलेका थिए । 

चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्षलगायत सबै सदस्यलाई सम्मान गरिएको कार्यक्रममाबोड अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रको विकास गर्नका लागि कार्यशाला, गोष्ठि हुन जरुरी रहेको बताए ।

गोविन्द प्रभात कार्यक्रम संयोजक रहेको कार्यशालाको प्रशिक्षकमा क्यामेरामा गौरी शंकर धुजु, निर्देशकमा लक्ष्मी नारायणा शर्मा, नृत्यमा कमल राई र राजु शाह रहेका थिए भने अचुत घिमिरेले नृत्यको इतिहास माथि प्रकाश पारेका थिए ।

कार्यशालामा काठमाडौं र मोफसलबाट कला क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यशाला निक्कै उपयोगी रहेको धारण राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप