शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिसी मेट्रो सप्ताह सुरु हुनुअघि नै २ करोड २२ लाख संकलन

आइतबार, ०८ असार २०७६, ११ : २८
आइतबार, ०८ असार २०७६

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर (करीब २ करोड २२ लाख २ हजार ४४० रुपैयाँ) संकलन भएको छ । 

भर्जिनियाको फेयरफ्याक्सस्थित लोटस टेम्पल (मन्दिर) परिसरमा सप्ताह महापुराणको आयोजना गरि नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको डिसी मेट्रो सप्ताह सुरु हुनु अगाडि नै उक्त रकम संकलन भएको हो । 
आयोजकले अमेरिकाको पूर्वीय समय ८ बजे सम्म २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको जानकारी दिएका छन् ।

संकलन वृद्धि हुने क्रम जारी रहेको छ । जुन २२ देखि २९ सम्म संचालन हुने सप्ताहको पहिलो दिन कलस यात्रा बिशेष कार्यक्रम मात्र रहेको थियो । ४ सय कलस नेपालबाट झिकाइएको मध्ये सबै समाप्त भएको  थियो । मन्दिर ३ पटकको परिक्रमा पछि कलस सप्ताह पुराण मंच अगाडी राखिएको छ भने विधिवत रुपमा सप्ताहको उद्घाटन गरिएको छ ।  

उद्घाटन कार्यकममा पाँच दशक भन्दा बढी समय अमेरिकामा रहेका प्राडा विष्णु पौडल मुख्य सल्लाहकार ,सप्ताह संयोजक अरुण रुपाखेती ,सप्ताह तथा नेपाली अमेरिकन सामुदायिक केन्द्रका सामाजिक अभियन्ता ददिराम ढुंगाना, सप्ताहकै अर्का अभियन्ता गोपाल रेग्मी तथा नेपालबाट सप्ताहको लागि झिकाइएका पण्डित वाचन प्रविण दिनबन्धु पोखरेलले सप्ताहको बारेमा बोलेका थिए । 

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् । मूल आयोजक समितिमा विभिन्न समूह उपसमुहहरु बनाई कार्य विभाजन गरिएको छ । डिसी मेट्रो सप्ताह तयारी समितिले आयोजकमा नाम दर्ता गरेका सवै १२ सय २४ जनाको नाम पनि सार्वजनिक गरेको छ ।

धार्मिक एवं आध्यात्मिक आनन्द प्राप्तिको लक्ष्य सहित सामुदायिक केन्द्र निर्माणको योजनाका लागि आर्थिक संकलन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेकोले सुरुवात सकरात्मक संकेत देखिएको छ । सप्ताहको लागि सहयोग गर्ने अधिकांश दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन् । समुदाय सदस्यहरु बिभिन्न प्रकारका सदस्य बन्ने प्रक्रिया उल्लेखनीय रुपमा जारी रहेको छ । 

सप्ताहको पहिलो दिन कलस यात्रामा अत्यधिक महिलाहरुको सहभागिता रहेको थियो । कलस यात्राको लागि उक्त मन्दिर परिक्रमा ३ पटक गर्न ४ वटा लाम बनाइएको थियो । 

जुन २३ देखि पण्डित पोखरेलले मुख्य वाचकको रुपमा वाचन गर्ने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप