निरौला र थापालाई ‘चलचित्र सर्जक सम्मान’ सम्मान
काठमाडौं – नेपालका चलचित्र निर्देशक समाजले अग्रज चलचित्र निर्देशक मोहन निरौला र तीर्थ थापालाई सम्मान गरेको छ । समाजले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित ‘चलचित्र सर्जक सम्मान २०७६’ बाट निरौला र थापालाई सम्मान गरेको हो ।
बागबजारस्थित सिटीम्याक्स चलचित्र भवनमा आयोजित कार्यक्रममा स्थानिय बिकाश तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक खाँड लगायतले निरौला र थापालाई फुलमाला, खादा सहित सम्मानपत्रले सम्मानित गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र द्धन्द्ध निर्देशक संघका अध्यक्ष सुर्य ठोक्कर, नेपाल चलचित्र महिला गीतकार संघको अध्यक्ष अस्मीता भण्डारी, नेपाल समुन्त महिला महासंघको अध्यक्ष सोमा खत्री लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रमा यादब खरेल, नीर शाह, लक्ष्मी नाथ शर्मा, विश्व बस्नेत, कृष्ण मल्ल, देशभक्त खनाल, प्रदिप उपाध्याय लगायतका १२ चलचित्र निर्देशकहरुलाई सम्मान सहित आजिवन सदस्यता समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा नेपाल कलाकारसंघका नवनिर्वाचित पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ