शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो साम्राज्ञीको फिल्म ‘रातोटिका निधारमा’

आइतबार, ०८ असार २०७६, १८ : ३८
आइतबार, ०८ असार २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘रातो टिका निधारमा’को छायाँकन सकिएको छ । २९ दिनको नियमित छायाँकनमा फिल्म सकिएको निर्देशक अशोक शर्माले बताए । कलाकार र मौसमले राम्रो साथ दिएका कारण समयमै फिल्को छायाँकन सकिएको शर्माले सुनाए ।

शर्माकै निर्माण निर्देशन रहेको फिल्ममा साम्रज्ञीको अलवा अशोकका छोरा अंकित शर्मा, निता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । 

झापा र काठमाडौंमा छायाँकन गरिएको फिल्मको शीर्ष गीत ‘रातो टिका निधारमा’ भब्य सेट बनाए खिचिएको थियो । दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा समावेश उक्त गीतमा साम्राज्ञी र अंकितले नृत्य गरेका थिए । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । 

यो फिल्मबाट निर्देशक शर्माका छोरा अंकितले डेब्यू गर्दैछन् । उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी छिन् । किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेको फिल्म आगामी दशैमा प्रदर्शन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप