शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानसँगको हारसँगै बाहिरियो दक्षिण अफ्रिका

सोमबार, ०९ असार २०७६, ०८ : २८
सोमबार, ०९ असार २०७६

दक्षिण अफ्रिका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड मैदानमा आइतबार राति भएको खेलमा पाकिस्तानसँग ४९ रनल पराजित भएपछि दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको हो । दोस्रो जित हात पारेको पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ ।

पाकिस्तानले दिएको तीन सय ९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५९ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए । क्विन्टन डी ककले ४७, एन्ड्ली फेलुक्वायोले ४६, रासी भान डल डुसेनले ३६ र डेभिड मिल्लरले ३१ रन बनाए । पाकिस्तानका सदाव खान र वाहव रियाजले तीन तीन विकेट लिए । मोहम्मद आमिरले दुई तथा साहिन अफ्रिदीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ८ रन बनाएको थियो । पाकिस्तानका लागि हरिस सोहेलले सर्वाधिक ८९ रन बनाए । बाबर आजमले ६९ बनाए । प्रारम्भिक ब्याट्सम्यान इमाम उल हक र फाखर जमानले ८१ रनको साझेहारी गरे । दुवै जनाले समान ४४ रन बनाएका थिए । इमाद वासिमले २३ र मोहम्मद हफिजले २० रन बनाए । दक्षिण अफ्रिकाका लुन्गी निग्दीले तीन विकेट लिए । इमरान ताहिरले दुई तथा अइडन मार्कम र एन्ड्ली फेलुक्वायोले एक एक विकेट लिए । दोस्रो जितसँगै ६ खेलबाट पाँच अंक बनाएको पाकिस्तान सातौं स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाको सात खेलबाट तीन अंक छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप