केन्द्रीय संस्करण
विचारमन्थन

मार्टा हर्नेकरको संघर्षका लागि विचार : ‘भावी वामपन्थी आन्दोलनको चेक लिष्ट’- २

दुर्भाग्यवश, अहिलेका हाम्रा धेरैजसो नेता आदेशको भरमा जनताको नेतृत्व गर्नु पर्छ भन्ने शिक्षादीक्षामा हुर्केका छन्

person explore access_timeअसार ९, २०७६ chat_bubble_outline0

सुप्रसिद्ध मार्क्सवादी चिन्तक, लेखक, अन्वेषक, पत्रकार मार्टा हर्नेकरका लेखरचनाहरुको श्रृङ्खलाको दोसो भाग

जन आन्दोलनको हितमा टेवा  पुर्‍याउने, त्यसलाई बिथोल्ने होइन

१ अघि नै बताइसकिएको छ, राजनीति त्यस्तो कला हो जसले आज असम्भव लाग्ने कुरालाई भविष्यमा सम्भव बनाउनको निम्ति विद्यमान शक्ति सन्तुलनलाई परिवर्तन गरेर आवश्यक सामाजिक तथा राजनीतिक शक्ति निर्माण गर्ने क्षमता राख्दछ | तर त्यस्तो सामाजिक शक्ति निर्माण गर्न राजनीतिक संगठनले जनस्तरका आन्दोलनप्रति ठूलो सम्मान भाव देखाउन र तिनलाई फ़स्ल्याङ्ग फ़ुस्लुङ्ग पार्ने सारा तिकडम त्यागेर तिनको स्वायत्त विकासमा योगदान गर्न सक्नु पर्दछ | ती संगठनले आफ्नो प्रस्थानबिन्दु यस कुरालाई बनाउनु पर्दछ कि आफू मात्रै विचार र प्रस्तावको एक मात्र ठेकेदार होइन, अपितु जनस्तरका संगठनले धेरै कुरा दिन सक्दछन् | किनभने तिनले आफ्नो दिनानुदिनको संघर्षबाट धेरै कुरा सिकेका हुन्छन्, नयाँ बाटो पहिल्याएका हुन्छन्, नयाँ समाधान पत्ता लगाएका हुन्छन् र नयाँ उपाय आविष्कार गरेका हुन्छन् | ती अति मुल्यवान हुन्छन् |

आफू मात्रै सृजनात्मक, नविन, क्रान्तिकारी र रुपान्तरणकारी विचार उत्पादन गर्न सक्छौं भन्ने भ्रमबाट राजनीतिक संगठनले पिण्ड छुटाउनै पर्दछ | त्यसैले तिनको भूमिका भनेको सामाजिक आन्दोलनका मागलाई प्रतिध्वनित गर्ने मात्रै नभएर आफ्नो अवधारणात्मक ढिकुटीलाई समृद्ध पार्न तलका संगठनका विचार र अवधारणालाई संकलन गर्नु पनि हो |

२ आफू मात्रै सृजनात्मक, नविन, क्रान्तिकारी र रुपान्तरणकारी विचार उत्पादन गर्न सक्छौं भन्ने भ्रमबाट राजनीतिक संगठनले पिण्ड छुटाउनै पर्दछ | त्यसैले तिनको भूमिका भनेको सामाजिक आन्दोलनका मागलाई प्रतिध्वनित गर्ने मात्रै नभएर आफ्नो अवधारणात्मक ढिकुटीलाई समृद्ध पार्न तलका संगठनका विचार र अवधारणालाई संकलन गर्नु पनि हो |

३ राजनीतिक तथा सामाजिक नेताहरुले बनिबनाउ सोच्ने तौरतरिकाबाट पिण्ड छुटाउनै पर्दछ | तिनले जनताको पहलकदमीलाई निस्तेज गर्ने सबै खालको उँच-नीच मानसिकताको विरुद्धमा जुझ्नु पर्दछ | नेताको भूमिका भनेको जनतालाई विस्थापित गर्ने नभएर आन्दोलनलाई परिपुष्ट र सबल बनाउन विचार र अनुभव बाँड्ने खालको हुनु पर्दछ |

४ तिनको भूमिका जन आन्दोलनलाई अघि बढाउने हुनु पर्दछ, त्यस सिलसिलामा जबर्जस्ति घचेट्ने भन्दा जनतालाई शोषण र उत्पीडन गर्ने शक्तिका विरुद्धमा जुझ्न आवश्यक पर्ने क्षमता उत्सर्जन गर्न अनुकूल वातावरण बनाउन मदत गर्नु पर्दछ | तर उनीहरुलाई अघि बढ्न मदत गर्ने कुरा त्यति बेला मात्रै सम्भव हुन्छ जब हामी स्वयं जनतासंग हातेमालो गर्दै स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा संघर्षरत हुन्छौं |

५ त्यसैले जनस्तरका आन्दोलनसंग राजनीतिक संगठनको सम्बन्ध भनेको दोहोरो बाटो जस्तो हुनु पर्दछ : राजनीतिक संगठनबाट सामाजिक आन्दोलनतर्फ जाने र सामाजिक आन्दोलनबाट राजनीतिक संगठनमा आउने | दुर्भाग्यवस, अहिले सम्मको प्रचलन भने राजनीतिक संगठनबाट सामाजिक आन्दोलन तर्फ जाने मात्रै कायम छ |

जनतासंग संवादमा सामेल हुन र उनीहरुका कुरा सुन्न सिक्नु जरुरी छ ; उनीहरुका विजयका उपलब्धिहरुको कसरी रक्षा गर्ने या उनीहरुका मागको संघर्षलाई कसरी अघि बढाउने भन्ने बारेमा उनीहरु आफैंले प्रस्तावित गरेका समाधानको बारेमा ध्यानपूर्वक सुन्नु जरुरी छ |

६ जनतासंग संवादमा सामेल हुन र उनीहरुका कुरा सुन्न सिक्नु जरुरी छ ; उनीहरुका विजयका उपलब्धिहरुको कसरी रक्षा गर्ने या उनीहरुका मागको संघर्षलाई कसरी अघि बढाउने भन्ने बारेमा उनीहरु आफैंले प्रस्तावित गरेका समाधानको बारेमा ध्यानपूर्वक सुन्नु जरुरी छ | सारा सूचना संकलन गरेर हामी उनीहरुको मनोदशालाई ठीक ठीक ढंग ठम्याउन र संश्लेषण गर्न सक्षम हुनु पर्दछ | त्यसो भएमा हामी उनीहरुलाई एकजुट गर्न र राजनीतिक संघर्षमा तान्न सक्छौ सक्छौं | त्यति मात्र होइन, उनीहरु माझमा यदाकादा आउने निराशावादी तथा पराजयवादी विचारलाई सच्याउन पनि सक्दछौं |

७ सम्भव भएसम्म हामीले जनस्तरका मानिसहरुलाई निर्णय निरुपण प्रक्रियामा सामेल गराउनु पर्दछ | भनाइको तात्पर्य, हामीले जनसहभागिताको निम्ति थप मौका दिनु पर्दछ | तर जनसहभागिताको कुरा भनेको माथिको आदेशको भरमा प्राप्त गरिने कुरा होइन | जनताको साँचो अभिप्रेरणालाई प्रस्थान विन्दु बनाएर, खास-खास काम जनता आफैंले गर्नु पर्दछ भन्ने कुरा सम्झाएर उनीहरुको दिल र दिमागलाई जित्दा मात्रै प्रस्तावित काममा उनीहरू दिलोज्यानले लाग्न सक्दछन् |

८ आन्दोलनलाई दिशानिर्दिष्ट गर्ने हाम्रा प्रयास यस्ता हुनु पर्दछ ताकी जनसाधारण छर्लंग हुन् सकुन् कि ती बाहिरबाट हुकुम प्रमांगी भएर आएका होइनन् | ती प्रयत्न संघर्षमा सबैलाई नभए पनि कम्तिमा जनताको एउटा महत्वपूर्ण हिस्सालाई सामेल गराउन मदत गर्न सकोस् भन्ने हेतुले संगठनात्मक प्रक्रियाको निर्माणमा मद्दत गर्न भएका हुन् | यसरी काम सुरु गरेर हामी क्रमशः अलिक पछौटे र निराशावादी तप्कालाई आफूतिर तान्न सक्ने छौं | यो मात्र राम्रो उपाय हो | चे ग्वेभाराले भने जस्तै, जब यी पछौटे र निराशावादी तप्का, हामी जुन उद्धेश्यको निम्ति संघर्ष गरिरहेका छौं त्यो आवश्यक मात्रै नभएर सम्भव पनि छ भन्ने कुरा महसुस गर्दछन् तब भने ती पनि राजीखुशी संघर्षमा सामेल हुनेछन् |

चे ग्वेभाराले भने जस्तै, जब यी पछौटे र निराशावादी तप्का, हामी जुन उद्धेश्यको निम्ति संघर्ष गरिरहेका छौं त्यो आवश्यक मात्रै नभएर सम्भव पनि छ भन्ने कुरा महसुस गर्दछन् तब भने ती पनि राजीखुशी संघर्षमा सामेल हुनेछन् |

९ जब जनता स्वयं आफ्नै विचार र पहलकदमी व्यवहारमा उतारिदै छ भन्ने महसुस गर्दछन् तब भने उनीहरु आफूलाई परिवर्तनका संवाहक ठान्न पुग्दछन् | त्यसपछि भने उनीहरुको जुझारु क्षमता आनका तान बढेर जान्छ |

१० ख्याल राखी राख्न माथि जे जति चर्चा गरिएको छ, त्यसबाट प्रष्ट छ हामीले चाहेका कार्यकता भनेका सैनिक मनोवृत्ति भएका कार्यकर्ता होइनन् | आज भनेको सेनालाई नेतृत्व गर्ने कुरा होइनन् | तर यसको अर्थ यो होइन कि कुनै खास संगिन घडिमा त्यो काम गर्नु हुँदैन | हामीलाई चट्टेबट्टे कार्यकर्ता पनि चाहिंदैन - किनभने हामीलाई भेडीगोठ चलाउनु छैन | हामीलाई अनुचरहरूको झुण्ड चलाउनु पनि छैन | राजनीतिक कार्यकर्ता भनेका त मुलरुपमा त्यस्ता जन शिक्षक (popular pedagogues) हुनु पर्दछ जो जनस्तरका आन्दोलन भित्रबाट उत्पन्न भएका विचार र पहलकदमीलाई मलजल गर्न सकुन् |

११ दुर्भाग्यवश, अहिलेका हाम्रा धेरैजसो नेता आदेशको भरमा जनताको नेतृत्व गर्नु पर्छ भन्ने शिक्षादीक्षामा हुर्केका छन् | रातारात यो स्थितिमा बदलाव ल्याउन सकिदैन | त्यसैले यहाँ म अतिशय आशावाद जगाउने पक्षमा छैन | नेता र कार्यकर्ताबीच सम्यक सम्बन्ध कायम गर्न अझै हामीले लामो समय कुर्नु पर्दछ |

https://i.ytimg.com

 


 

अघिल्लाे लेख : मार्टा हर्नेकरको संघर्षका लागि विचार स् ‘भावी वामपन्थी आन्दोलनको चेक लिष्ट’

अरुलाई सम्मान गर्नेले, अरुसंग जिम्मेवारी बाँडचुड गर्नेले मात्रै जनतालाई गोलबन्द गर्न सक्दछ ।


 

के नोकरशाही केन्द्रियतालाई त्यागेर सोझै सर्वसम्मति अनुशरण गर्ने हो ?

१ धेरै लामो समय बामपंथी पार्टीहरु सर्वसत्तावादी ढाँचामा चले | तिनको प्रचलित व्यवहार भनेको नोकरशाही केन्द्रीयता नै थियो, सोभियत समाजवादको व्यवहारबाट प्रभावित भएर | सिद्धान्त, जिम्मेवारी, पहलकदमी र अख्तियार गर्नुपर्ने राजनीतिक कार्यदिशासम्बन्धी अधिकांशजसो निर्णय पार्टीका अभिजातहरुले नै लिने गर्दथे | ती निर्णयमा कार्यकर्ताको सहभागिता या संवाद हुने कुरै हुँदैनथ्यो | तिनको जिम्मेवारी भनेको आदेशको अनुशरण गर्नमा सिमित थियो | तिनीहरु छलफलमा भाग लिन पाउदैनथे र कतिपय मामिला त तिनीहरु बुझ्दा पनि बुझ्दैनथे | आज धेरै जसो कार्यकर्तालाई यो तौरतरिका झनझन असह्य हुँदै गएको छ |

सिद्धान्त, जिम्मेवारी, पहलकदमी र अख्तियार गर्नुपर्ने राजनीतिक कार्यदिशासम्बन्धी अधिकांशजसो निर्णय पार्टीका अभिजातहरुले नै लिने गर्दथे | ती निर्णयमा कार्यकर्ताको सहभागिता या संवाद हुने कुरै हुँदैनथ्यो | तिनको जिम्मेवारी भनेको आदेशको अनुशरण गर्नमा सीमित थियो |

२ परन्तु नोकरशाही केन्द्रियकरणलाई चुनौती दिने हो भने अति-जनवादको ज्यादतीबाट बच्न पनि जरुरी छ | अति-जनवादमा काम भन्दा कुरो बढी हुन्छ, हरेक कुरा, यहाँसम्म कि झिनामसिना कुरामा पनि माथा पच्चिसी गर्नुपर्ने हुन्छ | यस्ता कुराले कुनै पनि ठोस काम गर्न अक्सर अवरोध पुर्‍याउने काम गर्दछ |

३ नोकरशाही केन्द्रियताको आलोचना गर्ने नाउँमा आजभोलि केन्द्रिकृत नेतृत्वको कुनै पनि रुप न मान्ने प्रवृत्ति पनि हुर्केको छ |

४ समाजका सबै तहमा कसरी संगठन निर्माण गर्ने र ती संगठनले आन्तरिक जनवादको सख्त अनुशरण गर्नुपर्ने बारेमा यसबीचमा पर्याप्त छलफल भएका छन् | यी विचारप्रति हाम्रो सहमति पनि छ | हाम्रो विमति संगठन र आन्तरिक जनवादलाई जोड्न संगठित रुपमा त्यस्तो कुनै प्रयत्न चाहिंदैन भन्ने कुरामा मात्रै हो | अन्यथा, जनवाद, लचकता र विभिन्न मोर्चामा जुझ्ने चाहनाको प्रतिरक्षा गर्ने नाममा रणनीतिक प्राथमिकताको निर्क्यौल र संघर्षलाई एकतावद्ध गर्ने काम ओझेलमा पर्ने खतरा हुन्छ |

५ कसै कसैको विचार हुन्छ कि एक मात्र सर्वग्राह्य तरिका भनेको सर्वसम्मति हो | तिनीहरु तर्क गर्छन् कि सर्वसम्मतिको तरिकालाई उपयोग गर्नु भनेको निर्णय लाद्नु नभएर सवैको चाहनाको पक्षपोषण गर्नु हो | तर सर्बसम्मतिको तरिका सबैको सहमति लिन खोजेको र बढ्ता लोकतान्त्रिक देखिए पनि व्यवहारमा धेरै अलोकतान्त्रिक हुन्छ किनभने यसले अल्पमतलाई यो हदसम्म निषेधात्मक अधिकार दिन्छ कि जहाँ एउटै व्यक्तिले पनि अत्यधिक वहुमतले समर्थन गरेको सहमतिलाई समेत रोक्न सक्दछ |

६ यसका अतिरिक्त, खास खास घडीमा समस्याको जटिलता, संगठनको आकार, र राजनीतिक समय सन्दर्भ हेरेर छिटो निर्णय लिनुपर्ने हुन्छ, त्यस्तो बेला सर्वसम्मतिको तरिका धेरै विषयमा प्रयोग गर्न नसकिने हुन्छ |

७ एकीकृत नेतृत्वको अभावमा राजनीतिक प्रभाभाकारिता हुन सक्दैन | त्यस्तो नेतृत्वले मात्रै संघर्षका विभिन्न क्षणमा अनुशरण गर्नु पर्ने कार्यदिशा निर्धारण गर्दछ | त्यसको निम्ति विस्तृत छफलको आवश्यकता हुन्छ | त्यसको निम्ति सबैले आफ्ना विचार राख्न सकुन् र अन्त्यमा निर्णय लिन सकियोस् | त्यस निर्णयलाई सबैले अनुपालन गर्नु पर्दछ |

८ एकीकृत कार्यदिशाको निम्ति तल्ला तहका संगठनले माथिल्ला निकायले गरेको निर्णयको सम्मान गर्नु पर्दछ र अल्पमतमा परेकाहरुले जुन कार्ययोजना निर्णित भएको छ त्यसलाई अन्य सदस्यहरुसंग कुममा कुम जोडाएर कार्यान्वयन गर्नु पर्दछ |

९ जनवादी केन्द्रीयता भनेको १. संगठनका विभिन्न तहमा हुने जनवादी छलफल र २. सर्वसम्मति या बहुमतबाट भएको निर्णयमा आधारित एकल केन्द्रिकृत नेतृत्वको योग हो |

१० यो द्वन्दवादी योग हो : क्रान्तिकारी चढाव या युद्ध भएको जटिल राजनीतिक परिस्थितिमा केन्द्रियकरणको पक्ष पोषण हुनुको विकल्प हुँदैन; घटनाक्रम मत्थर भएको शान्तिकालमा भने जनवादी चरित्रमाथि बढ्ता जोड दिनु पर्दछ |

मुलभूत मुद्दामा एकमतो नहुने हो भने सफल राजनीतिक संघर्ष होला भन्ने कुरामा मलाई वैयत्तिक रुपमा विश्वास छैन | यदि सर्वसम्मतिमा पुग्न सकिएन भने जनवादी केन्द्रीयताको अर्को विकल्प छ भन्ने पनि म ठान्दिनँ |

११ मुलभूत मुद्दामा एकमतो नहुने हो भने सफल राजनीतिक संघर्ष होला भन्ने कुरामा मलाई वैयत्तिक रुपमा विश्वास छैन | यदि सर्वसम्मतिमा पुग्न सकिएन भने जनवादी केन्द्रीयताको अर्को विकल्प छ भन्ने पनि म ठान्दिन |

१२ केन्द्रीयता र जनवादको सही सन्तुलन भए मात्रै सहमति प्रभावकारी हुन सक्दछ | किनभने छलफल र निर्णय निर्माणमा सहभागी भइसकेपछि मानिस ती निर्णय कार्यान्वयन गर्न आफू अझ प्रतिवद्ध भएको महसुस गर्दछ |

१३ यस्तो प्रतिवद्धता भए पछि भने त्यो व्यवहारमा कार्यन्वयनमा जान्छ | त्यसले उनीहरुलाई बढ्ता जिम्मेवारी बोध हुने, काम प्रति समर्पण हुने, समस्या समाधानप्रतिको लागाव बढ्ने, आफ्ना विचार अभिव्यक्त गर्ने र कमजोरीको आलोचना गर्ने साहस थपिने र माथिल्ला निकायलाई अनुगमन गर्ने ऊर्जा प्रदान गर्दछ |

१४ अधुरो जनवादी जीवनशैलीले समस्त कार्यकर्ताको सृजनात्मक पहलकदमीलाई प्रष्फुटन हुनबाट रोक्दछ र अन्ततः त्यसले उनीहरुको सहभागिता माथि नकारात्मक प्रभाव पार्दछ |

१५ जनवादी केन्द्रीयताको प्रयोग गर्दा झिनो बहुमतलाई उपयोग गरेर अल्पमतलाई दरकिनारा लगाउने हर्कतबाट भने बच्नुपर्दछ | बढ्ता परिपक्व सामाजिक तथा राजनीतिक आन्दोलनहरु भने झिनो बहुमतले गरेको निर्णय लाद्नु निरर्थक हुन्छ भन्ने कुरामा विश्वास गर्दछन् | ग्रहण गर्नुपर्ने कार्ययोजनाप्रति अत्यन्त ठूलो बहुमतका कार्यकर्ता विश्वस्थ नहुँदासम्म, राजनीतिक रुपमा कार्यकर्ताका मन नजित्दासम्म र त्यो कार्ययोजना सही छ भन्नेमा तिनीहरु स्वयं आश्वस्थ नहुन्जेल त्यसलाई स्थगन गर्नु राम्रो हुन्छ | यसले आन्तरिक विभाजनको बर्वादी र हुन सक्ने भयानक गल्तीबाट रोक्न ठूलो मदत गर्दछ | अक्सर गरेर आन्दोलन र बामपन्थी पार्टीहरुमा आन्तरिक विभाजनको महामारी रोग नै लागेको छ |


ग्रहण गर्नुपर्ने कार्ययोजनाप्रति अत्यन्त ठूलो बहुमतका कार्यकर्ता विश्वस्थ नहुँदासम्म, राजनीतिक रुपमा कार्यकर्ताका मन नजित्दासम्म र त्यो कार्ययोजना सही छ भन्नेमा तिनीहरु स्वयं आश्वस्थ नहुन्जेल त्यसलाई स्थगन गर्नु राम्रो हुन्छ| यसले आन्तरिक विभाजनको बर्वादी र हुन सक्ने भयानक गल्तीबाट रोक्न ठूलो मदत गर्दछ|


 

अल्पमत सही पनि हुन सक्दछ

१ जनवादी केन्द्रीयता भनेको अल्पमत बहुमतको अधिनस्थ मात्रै नभएर बहुमतले अल्पमतको कदर गर्नु पनि हो |

२ अल्पमतलाई तहस नहस पार्ने या दरकिनारा लगाउने काम गर्नु हुँदैन | न त अल्पमतले बहुमतको अगाड त्वं शरणं नै गर्नु हुन्छ | बहुमतले गरेको निर्णयलाई जस्तोसुकै राजनीतिक परिदृश्यमा पनि अल्पमतले कार्यान्वयन गर्नु पर्दछ | तर त्यसो गरी रहँदा उनीहरुले आफ्नो राजनीतिक, सैद्धान्तिक र विचारधारात्मक अडान भने त्याग्नु हुँदैन | यसका विपरित अल्पमतको कर्तव्य हुन्छ कि अरु आफ्ना विचारमा या आफू अरुका विचारमा विश्वस्थ नहुन्जेल आफ्नो संघर्ष जारी राख्नु पर्दछ |

३ किन अल्पमतले बहुमतको अडानमा समर्पण नगरी आफ्ना दृष्टिकोणको प्रतिरक्षा गर्नु पर्दछ ? किनभने अल्पमत
सही हुन सक्दछ ; यसको वास्तविकता वारेको विश्लेषण बढ्ता अचुक हुन सक्दछ, किनभने यसले शक्तिको वर्तमान पारस्परिक सम्बन्धलाई बढ्ता सही ढंगले अध्ययन गरेको हुन सक्दछ या खास-खास सामामाजिक शक्तिको अभिप्रायलाई बढ्ता सटिक ढंगले बुझेको हुन सक्दछ | त्यसैकारण अल्पमतमा परेकाहरुसंग अधिकार नभए पनि आन्तरिक स्वस्थ छलफलको आधारमा अन्यथा अडान भएका यथाशक्य धेरै कार्यकर्तालाई विश्वस्थ बनाउन जुझ्नु पर्ने वास्तविक जिम्मेवारी पनि हुन्छ |

सम्पूर्ण सत्यमा हाम्रो एकलौटी पेवा हुँदैन | हामीले त्यस मान्यताबाट आफ्नो काम प्रारम्भ गर्नु पर्दछ | हाम्रो विचारमा सहमत न हुने साथीहरु सही हुन सक्दछन् | यसका अतिरिक्त हामीले वहसलाई वैयक्तिकरण गर्नु हुन्न | को सही छ भन्ने प्रमाणित गर्न लिट्टी कस्नेभन्दा हामीले सामुहिक रुपमा के कुरा सही छ भनेर सहकार्य गर्नु पर्दछ |

४ हामी "स्वस्थ छलफल'को चर्चा गरिरहेका छौं किनभने सम्पूर्ण सत्यमा हाम्रो एकलौटी पेवा हुँदैन | हामीले त्यस मान्यताबाट आफ्नो काम प्रारम्भ गर्नु पर्दछ | हाम्रो विचारमा सहमत न हुने साथीहरु सही हुन सक्दछन् | यसका अतिरिक्त हामीले वहसलाई वैयक्तिकरण गर्नु हुन्न | को सही छ भन्ने प्रमाणित गर्न लिट्टी कस्नेभन्दा हामीले सामुहिक रुपमा के कुरा सही छ भनेर सहकार्य गर्नु पर्दछ | अब्बल नेता ती हुन् जो सही कुरालाई सामुहिक रुपमा स्थापित गर्ने प्रक्रियालाई मलजल गर्दछन् |

५ यसका अतिरिक्त, यदि बहुमत आफ्ना प्रस्तावनाको सहीपनामा विश्वस्थ छ भने विचारमा छलफल चलाउन डराउनु पर्ने कुनै खण्ड हुँदैन | बरु तिनले त्यस्तो छलफललाई प्रोत्साहित गर्नु पर्दछ र अल्पमतलाई विश्वस्थ बनाउन कोशिस गर्नु पर्दछ | यदि बहुमत परस्परविरोधी अडानबाट डराउँछ भने त्यो राजनीतिक कमजोरीको लक्षण हो |

६ यदि हामीले लेटिन अमेरिकाका केही वामपन्थी पार्टी र सामाजिक आन्दोलनलाई हेर्‍यौं भने यो कुरा देख्दैनौं र ? अल्पमतको दृष्टिकोणलाई सम्मान गर्न सकिएको भए कतिवटा विभाजनलाई रोक्न सकिन्थ्यो ? यसको विपरीत धेरै जसो सन्दर्भमा आफ्नो नोकरशाही संयन्त्रको सम्पूर्ण तागत अल्पमतलाई तहसनहस पार्न लगाइयो | त्यसले उनीहरुलाई विभाजन हुनु बाहेक अर्को विकल्पै छोडेन |

७ कहिलेकाहीं, आफ्ना विचारलाई सम्मान गर्नु पर्दछ र त्यसलाई छलफलको निम्ति मौका दिनुपर्छ भनेकै भरमा अल्पमतलाई फुटपरस्त भन्ने लान्छना लगाइन्छ | अल्पमतलाई विभाजनवाहेक अर्को विकल्प नै नदिनेहरु नै फुटलाई उकास्ने असली फुटवादी होइनन् र ? यदि अल्पमत बहुमतको विचार गलत छ भनेर संघर्षलाई जारी राख्न चाहन्छ भने उसले के नै बिराएको हुन्छ र ?

८ अल्पमत र वहुमतको विषय नेता तथा कार्यकर्ताबीचको सम्बन्ध टुट्नाले या संवादहीनतामा पनि गाँसिएको हुन्छ | यस्तो परिघटना विविध कारणले हुन्छ ; जस्तो कि जसले असली वहुमत ओगटेका छन् तिनमा जनसंगठनको यथोचित प्रतिनिधित्व गर्ने मामिलामा संरचनात्मक अयोग्यता; सत्तामा रहिरहन आधिकारिक बहुमतले उपयोग गर्ने नोकरशाही तिकडमबाजी र घटिया तौर-तरिका ; क्रान्तिकारी प्रकृयामा हुने विकासको कारणले आफ्ना प्रतिनिधित्व छान्ने सदस्यहरुको राजनीतिक चेतनामा आउने तीव्र परिवर्तन | जब चेतनाले फड्को मार्छ, हिजोसम्म ठीकै प्रतिनिधित्व गर्नेहरु अव त्यो काम गर्न अयोग्य हुन सक्दछन् किनभने जनता परिपक्क भइसकेका हुन्छन् | जनताले अब बुझेका हुन्छन् कि फरक मतवालाहरु नै अन्ततः सही रहेछन् | त्यसैले नयाँ चुनाव हुने हो भने नयाँ नै प्रतिनिधि चुनिन सक्दछन् |

९ वामपन्थीहरुको नयाँ संस्कृति राजनीतिक संगठनका विभिन्न नेतृत्वदायी निकायको बनावटमा प्रयोग गरिएको विविध विधिमा झल्किनु पर्दछ | धेरै लामो समयसम्म त के कुरामा विश्वास गरियो भने पार्टीको आन्तरिक चुनावमा बहुमतले कुनै खास मुद्दामा या खास क्षेत्रमा जित्यो भने समस्त नेतृत्वदायी अंगमा त्यसैका मताम्बवली कार्यकर्तालाई भर्ने काम गर्नु पर्दछ | एकसरो प्रचलित विचार के थियो भने जति बढी एकमना नेतृत्व हुन्छ, त्यति नै बढी संगठनको नेतृत्व गर्न सजिलो हुन्छ | आजभोलि भने यस सम्बन्धमा विभिन्न मापदण्ड अगाडी देखापरेका छन्, जुन नेतृत्वले आन्तरिक शक्ति सन्तुलनलाई जति राम्रो अभिव्यक्ति गर्दछ त्यसैले राम्रो काम गर्न सक्दछ | त्यसो भएमा नेतृत्वले प्रस्तावित गरेको कार्यक्रम लागू गर्न वहुमत पक्षकाको मात्र नभएर समस्त पार्टी सदस्यको भावनात्मक तत्परता उपलब्ध हुनेछ |

हामीले जुन ढंगको बहुल नेतृत्व प्रस्ताव गरेका छौं त्यो प्रभावकारी हुन संगठनमा साँच्चि नै लोकतान्त्रिक संस्कृति हुनु जरुरी हुन्छ | त्यस्तो संस्कृति भएन भने त्यस किसिमको नेतृत्वले संगठन भित्र बबण्डर खडा गर्दछ र थामी न सक्नु हुन सक्दछ |

१० तर हामीले जुन ढंगको बहुल नेतृत्व प्रस्ताव गरेका छौं त्यो प्रभावकारी हुन संगठनमा साँच्चि नै लोकतान्त्रिक संस्कृति हुनु जरुरी हुन्छ | त्यस्तो संस्कृति भएन भने त्यस किसिमको नेतृत्वले संगठन भित्र बबण्डर खडा गर्दछ र थामी न सक्नु हुन सक्दछ |

११ यसका अतिरिक्त राजनीतिक संगठनको लोकतान्त्रिकरणको निम्ति चुनावमा आफ्ना नेताहरुको चुनाउको निम्ति पार्टी सदस्यहरुको उत्तिकै प्रभावकारी सहभागिता चाहिन्छ | आफ्ना नेताहरु वैयत्तिक मामिलामा नभएर विचारधारात्मक तथा राजनीतिक अडानका आधारमा निर्वाचित गर्नु पर्दछ | त्यसैकारण छनौट गर्नु पर्ने विभिन्न मापदण्डबारे समस्त पार्टी सदस्यले थाहा पाउन भनी आन्तरिक प्रकाशनमार्फत् जानकारी गराउनु जरुरी छ | त्यसै गरी उम्मेद्वारको छनौट लोकतान्त्रिक ढंगले गर्ने कुरालाई सुनिश्चित गर्नु र गोप्य मतको सुरक्षा गरिनु पर्दछ |

१२ अन्त्यमा, के कुरा बुझ्नु जरुरी छ भने राजनीतिक संगठनले अभ्यास गर्ने आन्तरिक लोकतान्त्रिक संस्कृतिले, आन्तरिक सहिष्णुताको स्तरले, भिन्नता हुँदा हुँदै पनि मिलिजुली काम गर्ने क्षमता जस्ता कुराले सामाजिक आन्दोलन भित्र अनुकरणीय उदाहरण प्रस्तुत गर्दछ |

२०७६ जेठ ३२ गते क्यान्सर रोगका कारण निधन भएकी मार्टा हर्नेकरका प्रस्तुत रचनाहरुको अनुवाद वामपन्थी नेता टंक कार्कीले गर्नुभएको हो र उहाँसँगको अनुमतिमा यो पुनःप्रकाशन गरिएको हो । यस लेखकाे पहिलाे भाग हिजाे जेठ ८ गते प्रकाशित गरिएकाे छ भने बाँकी अन्तिम भाग भाेलि प्रकाशित गरिनेछ ।–सम्पादक

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...