शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारका आरोपी सांसदले फरार हुँदा पनि चुनाव जितेका थिए, अहिले गरे आत्मसमर्पण

सोमबार, ०९ असार २०७६, १० : १३
सोमबार, ०९ असार २०७६

सन् २०१९ को भारतीय लोकसभाको नतिजा जब आयो तब जित हासिल गर्ने व्यक्तिबारे चर्चा सुरु भयो । यसैबीच एउटा यस्ता व्यक्तिले पनि जितेका थिए जसले मिडियाका ध्यान आकर्षित गर्‍यो ।

ती व्यक्ति हुन्, अतुल राय । उनले उत्तर प्रदेशको घोसी लोकसभा सिटबाट चुनाव लडे । हरिनारायण राजभर प्रतिद्वन्द्वी थिए । राजभर भारतीय जनता पार्टीका उम्मेद्वार थिए । अतुल गठबन्धनका प्रतिनिधी थिए । गठबन्धन अर्थात् समाजवादी पार्टी (सपा)– बहुजन समाज पार्टी (बसपा)– राष्ट्रिय लोकदल (रालोद) । उनले बसपाको टिकटमा चुनाव लडे ।

अतुलमाथि वाराणसीको युपी कलेजकी एक छात्राले बलात्कारको आरोप लगाइन् । मे महिनामा लंका थानामा मुद्दा दर्ता भयो । रायले श्रीमतीसँग भेटाउने भन्दै आफ्नो घर बोलाएर आफूमाथि बलात्कार गरेको र भिडियो कैद गरेको आरोप ती युवतीले लगाइन् । कसैलाई भनेको खण्डमा भिडियो सोसल मिडियामा भाइरल गरिदिने पनि चेतावनी दिएको उनले बताइन् । यो कुरा सन् २०१८ को हो । अतुल रायले त्यसपछि पनि आफ्नो थुप्रै पटक बलात्कार गरेको उनले जानकारी दिइन् ।

बलात्कारको मुद्दा दर्ता भएलगत्तै अतुल राय फरार भए । यहाँ याद गर्नुपर्ने कुरा के छ भने फरार भएका कारण उनी चुनावी अभियानमा भाग लिएनन् । तरपनि जब चुनावी नतिजा आयो तब हरिनारायण राजभरलाई अतुल रायले लाख भोटको अन्तरले हराए । अर्थात्, एक बलात्कारका आरोपी जो फरार छन्, जसले आफ्नो कुनै पनि चुनावी अभियानमा भाग लिएनन्, उनले चुनाव जिते ।

तर अब खबर आएको छ कि अतुल रायले जुडिशियल मजिस्ट्रेट आशुतोष तिवारीको अदालतमा आत्मसमर्पण गरेका छन् ।

लाइभ हिन्दुस्तानमा छापिएको रिपोर्ट अनुसार शनिबार अतुल रायले आत्मसमर्पण गरेका हुन् ।

उनलाई १४ दिनका लागि जुडिशियल कस्टडीमा पठाइएको छ । २० मे मा जब बलात्कारको मामलामा उनी फरार थिए तब स्थानीय अदालतले उनलाई फरार घोषित गरेको थियो । टाइम्स अफ इन्डियामा छापिएको रिपोर्ट अनुसार १७ जुनमा जब लोकसभाको नयाँ सत्र सुरु भयो तब वाराणसी पुलिसले दिल्ली पुलिससँग पनि मद्दत मागेको थियो । अतुल राय लोकसभाको नयाँ सत्रमा भाग लिन आएको खण्डमा उनलाई पक्राउ गर्ने योजना बनाइएको थियो ।

उनीबारे थप सुनुवाई हुन बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप