बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रकारले आत्महत्या गर्न प्रयोग गरेको पेस्तोल १ लाख ८१ हजार डलरमा बिक्री

सोमबार, ०९ असार २०७६, १० : १४
सोमबार, ०९ असार २०७६

डच चित्रकार भिनसेन्ट वान गफले आत्महत्या गर्न प्रयोग गरेको पेस्तोलको लिलामी गरिएको छ । मंगलबार पेरिसमा उक्त हतियार १,८१,००० डलरमा लिलामी गरिएको हो ।

लिलामीको लागि आयोजना गरिएको कार्यक्रमका आयोजकले हतियार लिने व्यक्तिको पहिचान भने गोप्य राखेको छ । आयोजकका अनुसार चित्रकलाको क्षेत्रमा यो हतियार चर्चित छ । 

गफले आत्महत्या गरेको पेस्तोल
यद्यपि, आयोजकले यो पेस्तोलले नै गफले आत्महत्या गरेका थिए कि थिएनन् भन्ने विषयमा पुष्टि भने गरेको छैन । आयोजकले बताए अनुसार गफको मृत्यु ७५ वर्षअगाडि भएको थियो । र उनको मृत्यु भएको स्थानमा उक्त पेस्तोल भेटिएको थियो । पेस्तोलको क्यालिभर पनि गफको पेटमा भेटिएको गोलीसँग मेल खाने थियो । वैज्ञानिक परिक्षणले उक्त पेस्तोल १८९० देखि जमिनमूनि रहेको पत्ता लगाएको छ ।

पेटमा गोली हानी आत्महत्या
गफले १८९० मा पेटमा गोली हानेर आत्महत्या गरेका थिए । १९६५ मा ७ एमएमको उक्त पेस्तोल आन्वर्स सुर ओइस गाउँको एकजना किसानको खेतमा भेटिएको थियो । र, त्यही स्थानमा गफको शव भेटिएको थियो । किसानले पेस्तोल एउटा होटलका मालिकलाई दिएका थिए । सन् १०१६ मा होटलका मालिकले पेस्तोल गफको म्युजियममा राखिएको थियो ।

पश्चिमा क्षेत्रका प्रख्यात चित्रकार गफ
सन् १८५३ मार्च ३० मा जन्मिएका गफको मृत्यु सन् १८९० जुलाई २९ मा भएको थियो । पश्चिमा क्षेत्रमा गफ प्रख्यात चित्रकार थिए । उनले करिब २१०० वटा चित्रकला बनाएका थिए । जसमध्ये ८६० ओयल चित्र थिए । उनका उत्कृष्ट चित्रकला जीवनका अन्तिम वर्षहरुमा तयार भएको थियो । यति धेरै प्रसिद्ध हुँदाहुँदै पनि व्यवसायिक रुपमा असफल थिए गफ । ३७ वर्षको उमेरमा आत्महत्या गरेका गफ गरिबी र मानसिक समस्याबाट जुधिरहेका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका गफको बालापनमा गम्भीर, शान्त र गम्भीर स्वाभाव थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप