शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाले दिन थाल्यो विद्यार्थीलाई एनसिसी तालिम

सोमबार, ०९ असार २०७६, १० : ३०
सोमबार, ०९ असार २०७६

बुटवल । नेपाली सेनाले  देशैभरका  विद्यार्थीहरुलाई  एनसिसी तालिम दिन सुरु गरेको छ  । यही क्रममा गुल्मीमा रहेको विरभद्रजं गुल्म धागीथुम ब्यारेकले सदरमुकाम तम्घासमा आइतवारदेखि  दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो ।

   उसले तम्घासको आदर्श विद्या मन्दिर र गण्डकी बोर्डिङ्ग  स्कुलका गरि कुल ७२ जनालाई उक्त तालिम दिन सुरु गरेको छ ।  प्रति विद्यालय १८ जना छात्रा र १८ जना छात्र छनौट गरि तालिम दिन सुरु गरिएको त्यस गुल्मका गुल्मपति सेनानी रविन्द्र महार्जनले जानकारी दिए ।

  उनले नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ साल देखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको बताउँदै  यस अािर्थक बर्षमा देशभर ७ हजार ७ सय जना भन्दा बढि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन लागेको जानकारी दिए ।

    सभ्य , अुनशासित र असल नागरिक उत्पादन गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको उनले बताए ।  ‘कक्षा ८ देखि कक्षा १० सम्मका  विद्यार्थीलाई दिईने यो तालिम जुनियर डिभिजनको हो, उनीहरुलाई हतियार सम्वन्धि तालिम दिईन्न’– उनले भने–‘ कक्षा ११ र १२ का विद्यार्थीलाई  दिईने सिनियर डिभिजनको  तालिममा हतियार चलाउन समेत सिकाईन्छ  ।’

   उनका अनुसार ७९ दिन सम्म नेपाली सेनाका  चार जना प्रशिक्षकले उनिहरुको स्कुलमा पुगेर तालिम दिने छन ।  बाँकी २१ दिनको तालिम दिलाउन देशैभरका एनसिसी रिग्रुटहरुलाई काठमाण्डौको हात्तिखोर स्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रमा पठाईने छ र त्यही नै पार्सिंङ आउट हुने छन ।

    सेनानी महार्जनका अनुसार एनसिसीमा  छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड बनाएको छ । ४ फिट १० ईन्च उचाई र त्यही अनुसारको शारपरक तौल हुनुपर्दछ  । तालिमा सहभागि विद्यार्थीहरुलाई नेपाली सेनाले दैनिक आधा लिटर दुध , जेसी खाजा खुवाउने छ । काठमाण्डौमा २१ दिन सम्म आवास खाना सहित सम्पुर्ण खर्च सेनाले नै ब्यहोर्नेछ ।

   तालिममा सहभागि हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिक भई देशको सेवा गर्ने  हुने ईच्छा रहेकोले एनसिसी तालिम रोजेको प्रतिकृया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप