शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प, अस्ट्रेलियासम्म झट्का

सोमबार, ०९ असार २०७६, ११ : १९
सोमबार, ०९ असार २०७६

सिएनएन । इन्डोनेसियाको तानिम्बार टापुमा सोमबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो ।

त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत भूकम्पको कम्पन महसुस गरेका थिए ।

भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ ।

सोमबार मात्र पपुपा टापु रहेको क्षेत्रमा ९ वटा भूकम्पका झट्का महसुस गरिएको थियो ।

आजको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार विश्वका ९० प्रतिशत भूकम्प यो क्षेत्रमा जाने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप