६ वर्षकी बालिकाको गोडा चुमेपछि ट्रोलको सिकार भइन् शिल्पा
सोमबार, ०९ असार २०७६, ११ : २६
बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छिन् । ‘सुपर डान्सर च्याप्टर –३’ की प्रतिष्पर्धीको गोडा चुमिरहेको तस्विरका कारण उनी भाइरल भएकी हुन् ।
शिल्पा उक्त रियालीटी शोकी जज पनि हुन् । उनले रियालीटी शोको क्रममा ६ वर्षीय प्रतिष्पर्धी रुप्साको गोडा चुमेपछि तस्विर सामाजिक सञ्जालभरी छाएको छ ।
उनका फलोअर्स मध्ये केहीले उक्त तस्बिर देखेपछि उनलाई ‘ड्रामा क्विन’ संज्ञा दिएका छन् । भने कतिपयले उनको तारिफ पनि गरेका छन् ।
‘सुपर डान्सर च्याप्टर–३’ को फाइनल एपिसोड आउँदो आइतबार प्रशारण हुँदैछ । उक्त ग्राण्ड फिनालेमा शिल्पाले भरतनाट्यम नृत्य प्रस्तुत गर्नेछिन् । यो कुरा उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘म आफ्नै पुरानो अवतारमा छु जुन अवतारबाट मैले शुरुवात गरेकी थिए । भरतनाट्यम मैले ३० वर्षपछि गरेकी हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता