खल्तीबाट शिक्षक नियुक्ति गर्ने कार्य बन्द गरिनुपर्छः शिक्षामन्त्री
भक्तपुर – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका छन् ।
सोमबार चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘हामी केही समयपछि स्थानीय तहमा शिक्षक पठाउँदै छौं । तर केन्द्र सरकारले पठाएको शिक्षकले सबैमा नपुग्न सक्छ, त्यसैले शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनु जरुरी छ ।’
नेपालमा प्रावधिक विषय पढ्ने विद्यार्थीको संख्या नौ प्रतिशत मात्र भएकाले यसलाई वृद्धि गर्नु पर्ने पनि शिक्षामन्त्री पोखरेलको जोड छ ।
कार्यक्रममा भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीको शैक्षिक ज्ञान वृद्धिमा मद्दत पुग्ने बताए ।
यो अवरसमा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक गरिएको थियो । जुन कक्षा ६, ७ र ८ मा लागू हुने नगरप्रमुख मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा