बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनसुनले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

सोमबार, ०९ असार २०७६, १२ : ४५
सोमबार, ०९ असार २०७६

आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ ।
    
आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल हुन नसकेपछि अङ्क बाँड्दा गण्डकी प्रदेश बाहिरिएको आयोजक महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।
     
मनसुन अझै जारी रहेकाले आज बिहान हुने भनिएको प्रदेश नं १ र ३ बीचको खेल पनि हुन नसकेको अध्यक्ष भट्टको भनाई छ । “वर्षा रोकिएन भने खेल हुँदैन।” अध्यक्ष भट्टले भने,“तर वर्षा रोकिने सम्भावना देखिदैन ।”
    
राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा ६ दिनदेखि शुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र एपिएफ क्लब गरी आठ टिम सहभागी छन । 

प्रतियोगितामा उपाधि विजेता टिमले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोस्रोले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाखसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप