साउदी विमानस्थलमा आक्रमण
रियाद– साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् ।
इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ । यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ । साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन । जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए । उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल